काठमाडौं क्षेत्र नं ३ का तिन महत्वपूर्ण योजनालाई थप बजेट
कपन अनलाइन
काठमाडौं ,असोज १५।
काठमाडौं क्षेत्र नं ३ का तिन महत्वपूर्ण योजनालाई थप बजेट आएको छ। सो क्षेत्रका महत्वपूर्ण पूर्वाधारका रुपमा रहेका ति सडकको निर्माण सम्पन्न गर्नका लागि अर्थ मन्त्रालयले थप बजेटको स्वीकृति दिएको हो।
सुन्दरीजल – साँखु सुर्यमंडली जनमार्ग,बागमती -जम्बु डाँडा -अर्धौतेश्वर बौद्ध सडक र विपी चोक -सहिद आदर्श क्याम्पस भद्रवास सडक विस्तार तथा निर्माणका लागि ८ करोड बजेट थप गरेर यसै आव भित्र काम सम्पन्न गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ।
अर्थ मन्त्रालयले सुन्दरीजल – साँखु सुर्यमंडली जनमार्गका लागि ३ करोड,बागमती -जम्बु डाँडा -अर्धौतेश्वर बौद्ध सडकका लागि २ करोड रविपी चोक -सहिद आदर्श क्याम्पस भद्रवास सडकका लागि ३ करोड बजेट थप गरेको छ।
तपाइँको प्रतिक्रिया ।