चाँगुनारायण नगरपालिकाका किशोरीहरुलाई स्यानिटरी प्याड वितरण

चाँगुनारायण नगरपालिकाका किशोरीहरुलाई स्यानिटरी प्याड वितरण

कपन अनलाइन

काठमाडौं ,असोज १५।

चाँगुनारायण नगरपालिकाले किशोरीहरुलाई स्यानिटरी प्याड वितरण कार्यक्रम सुरु गरेको छ । यसै क्रममा  दुवाकोटस्थित चाँगुनारायण माविमा आयोजित एक कार्यक्रममा उपप्रमुख विना बास्तोलाले किशोरीहरुले महिनावारी भएपछि लगाउने प्याड वितरण गरेकी हुन् । विद्यालयका प्रार्चाय मार्फत उक्त स्यानिटरी प्याड कक्षा ६ देखि १२ सम्म अध्ययनरत किशोरीहरुलाई निःशुल्क रुपमा वितरण हुने उपप्रमुख बास्तोलाले जानकारी दिएकी छिन् । नगरपालिका अन्तरगत रहेका सबै सामुदायिक विद्यालयमा उक्त कार्यक्रम लागू गरिएको छ । जुन संघीय सरकारले सुरु गरेको अभियान हो।

उक्त कार्यक्रममा चाँगुनारायण माविका प्रार्चाय दधिराम गेलाल, नगरपालिका शिक्षा शाखाकी मिरा तिमिल्सेना, विभिन्न विद्यालयक प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो ।
नगरपालिकामा रहेका २४ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने १ हजार ३ सय ४ छात्रालाई स्यानिटरी प्याड वितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।