टोखा नगरपालिकामा ३८ कोरोना संक्रमित थपिए

टोखा नगरपालिकामा ३८ कोरोना संक्रमित थपिए

कपन अनलाइन

काठमाडौं ,असोज १५।

टोखा नगरपालिकामा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९ सय ३२ पुगेकाे छ । असोज १४ गते  ३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे टोखा नगर स्वास्थ्य शाखाले जनाएको छ ।

टोखा नगर स्वास्थ्य शाखाका अनुसार वडा नं ३ मा ५ जना, ४ मा १, ५ मा ३, ६ मा १, ७ मा ९, ८ मा ७, ९ मा २, १० मा २. ११ मा २ र अन्य ९ जनामा कोरोना देखिएकाे हाे । ती मध्य १८ महिला र २० पुरुष रहेका छन् ।

बुधबार कोरोना पुष्टि भएका ३२ जना घरमा र ३ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ३ जना सम्पर्क विहिन छन् ।

त्यस्तै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसनबाट ५ जना  निकाे भएर  डिस्चार्ज भएका छन् । भने ४ जना नयाँ संक्रमित थपिएसँगै हाल उक्त आइसोलेसनमा १५ जना संक्रमित रहेको उप प्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन् ।

तपाइँको प्रतिक्रिया ।