टोखा नगरपालिकामा सङ्क्रमितको संख्या ८४६ पुग्यो
कपन अनलाइन
काठमाडौं ,असोज १४/नविना श्रेष्ठ
टोखा नगरपालिकामा सङ्क्रमितको संख्या ८४६ पुगेको छ।जस्मा महिला संक्रमित संख्या ३६२ जना रहेको छ भने ४८४ जनापुरुष रहेका छन्।
सकृय संक्रमित सख्या भने ३६० जना रहेको छ। निको हुनेको संख्या ४८३ जना रहेको र मृत्यु हुनेको संख्या भने ३ जना रहेका छन्।सकृय संक्रमित मध्ये होम आइसोलेसनमा २९८ जना संक्रमित रहेका छन् भने अस्पतालमा ५७ जना रहेको छ।
दैनिक रिपोर्टको अनुसार थप भएका महिला संक्रमित सख्या ११ जना रहेको र पुरुष सख्या १०जना रहेका छन्। भने होम आइसोलेसनमा २० जना रहेका छन्। अस्पतालमा भने १ जना गरी थप २१ जना संक्रमित रहेका छन्।CICT Team ले २१जना नयाँ संक्रमित हरुको case Investigation गरेको छ।
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा नगर आइसोलेसन केन्द्रबाट दुई जना कोरोनालाई जितेर घर फर्केका छन्। आइसोलेसनबाट विदाइ भई घर फर्कनेलाई टोखा नगरपालिका वडा नं २ का अध्यक्ष दिपक राज जोशी ले खादा ओडाएर विदाइ गर्नु भएको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
२ जना डिस्चार्ज सँगै बाँकी संक्रमितहरु जम्मा १२ रहेका छन्। हाल सम्म टोखा नगरपालिका भरी ४३७१ जनाको पिसिआर परिक्षण गरिसकेका छन्। भने हाल सम्म सम्पर्कमा परीक्षणको दायरामा आएका जम्मा सख्या २७१६ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन् ।
( नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)