टोखा नगरपालिकाका थप २९ जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं ,असोज १३/नविना श्रेष्ठ

टोखा नगरपालिकामा पछिल्लो २४ घन्टामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ८२५ पुगेको छ भने निको हुनेको संख्या ४४४ जना रहेको छ।
कोरोना भाइरस कोभिड-१९ का संक्रमित महिला सख्या भने ३५० जना रहेको र पुरुष सख्या ४७५ जना रहेका छन्। सकृय संक्रमित सख्या ३७८ जना रहेको र मृत्यु हुनेको संख्या ३ जना रहेका छन्।
होम आइसोलेसनमा ३०४ जना रहेको र अस्पतालको आइसोलेसनमा बस्ने ६९ जना रहेका छन्। भने ५ जना सम्पर्क विहिन भएको छ।

कोभिड-१९को दैनिक रिपोर्ट मा भने आईतबार सम्म थप भएका संक्रमित महिला सख्या १३ जना रहेको र पुरुष सख्या १६मा जम्मा संक्रमित २९ जना रहेको छ।

टोखा नगरपालिका वडा नं ७ तिलिङटार मा.वि मा ६७जनाको पिसिआर परिक्षण का लागि स्वाब संकलन गरिएको छ।
CICT Team ले case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १ जना थप संक्रमित भर्ना भएको र आज सम्म १४ जना संक्रमित रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

टोखा नगरपालिकाले कोभिड-१९ वाट निको भएर घर फर्केको वडा बासीहरुसंग virtual zoom meeting गरेको थियो।
संक्रमितवाट निको भएता पनि हाल उनीहरूको स्वास्थ्य अवस्था के- कस्तो रहेको बुझ्न अध्यक्षता मा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले गर्नु भएको र सो कार्यक्रममा ७४ जना सहभागीहरुले आ- आफ्नो सुझाव दिनुभएको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

( नविना श्रेष्ठ सुशासन र समृद्धिको लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

तपाइँको प्रतिक्रिया ।