नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरीको पहलमा खाद्यान्न वितरण
कपन अनलाइन
काठमाडौं असोज १३ ।गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल स्थित ओख्रेनी माध्यमिक बिध्यालय परिसरमा राहत बितरण गरिएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य एबम नेपाली कांग्रेसको सूचना, सन्चार तथा प्रचार प्रसार बिभागको केन्द्रिय सदस्य बिमल ठकुरीको पहल तथा चु चि फाउन्डेसनको सहयोगमा गोकर्णेश्वर नगरपालिकाको बालुवा , नयापाटी त्यसै गरि कागेश्वरी मनोहरा नगरपालिकाको भद्रबास र आलापोटका गरि ३०२ जना निम्न आय भएका र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका परिवारहरुलाई सोमबार एक कार्यक्रमका बीच राहत वितरण गरिएको हो।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न नेपाल सरकारले जारी गरेको लकडाउन निषेधाज्ञा लगायतको कारण दैनिक ज्यालामजदुरी गरेर खाने वर्गहरुलाई परेको समस्यालाइ केहि भए पनि हल गर्नको लागि आफ्नो पहलमा चुचि फाउन्डेसनको सहयोगमा खाद्यान्न वितरण गर्न पाउदा खुसि लागेकोनेपाली कांग्रेसका महासमिति सदस्य एबम नेपाली कांग्रेसको सूचना, सन्चार तथा प्रचार प्रसार बिभागको केन्द्रिय सदस्य बिमल ठकुरीले बताए।
उनले चाडै अन्य स्थानमा पनि वितरण गर्ने तयारी गरिएको बताउदै सबै भन्दा ठुलो समाज सेवा हो ।यस्तो सङ्कटको बेलामा सहयोग गर्न पाउदा खुसि लागेको उनले प्रष्ट पारे ।
प्रति परिवार एक बोरा चामल , चना, दाल, तेल आंटा साबुन लगायतको सामग्री वितरण गरिएको थियो। उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा सदस्य नन्दलाल श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा,त्यसै गरि कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुदर्शन धिमाल,समाज सेवी एबम लायन्स क्लब का पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदी, चु चि फाउन्डेसनका स्वयं सेवक संजय अवाल,लगायत स्थानीयको उपस्थिति रहेको थियो ।कार्यक्रममा चुची फाउन्डेसनका मास्टरले पठाएको सन्देश समेत सुनाइएको थियो ।
फोटो : सरोज बस्नेत