बुढानीलकण्ठ नगरपालिकामा ३१ कोरोना संक्रमित थपिए ,वडा १० मा मात्र १३ जनामा संक्रमण
कपन अनलाइन
काठमाडौं ,असोज १३।
बुढानीलकण्ठ नगरपालिकामा असोज १२ गते थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। असोज १२ गते थपिएका संक्रमितहरु वडा नं २ र ४ बाट एक-एकजना, ८ बाट दुईजना, ९ बाट चारजना, १० बाट १३ जना, ११ बाट चारजना र १२ बाट छ जना रहेका छन्।
संक्रमितहरुको वडागत विवरणः
वडा नं २ – भंगालका ३५ वर्षिया एक पुरुष
वडा नं ४ – स्वस्तिक कोलोनीका ४५ वर्षिया एक पुरुष
वडा नं ८- गोल्फुटारका ५२ वर्षिया एक महिला र नगरपालिकाको कार्यालयका ४५ वर्षिया एक पुरुष
वडा नं ९- मण्डिकाटारका ४३ वर्षिया, ३४ वर्षिया र ४२ वर्षिया तीन पुरुष, न्यु कोलोनीका २८ वर्षिया एक महिला
वडा नं १०- सात तलेका २३ वर्षिया एक महिला, नारायण चोकका ४२ वर्षिया एक पुरुष, कपन चौकीका ३० वर्षिया एक पुरुष, निलो इुलबाट ८९ वर्षिया एक महिला, आदर्श चोकका ४४ वर्षिया एक महिला, ज्योतीनगरबाट १३ वर्षिया एक पुरुष, कपन चौकीका १४ वर्षिया एक महिला, साततलेबाट २० वर्षिया एक महिला, कपन चौकीका ९ वर्षिया र ६१ वर्षिया दुई पुरुष, हिमालयन पार्टी प्यालेस नजिकका १२ वर्षिया एक महिला
वडा नं ११- निलो माइक्रो पार्क नजिकका ४० वर्षिया एक पुरुष, आनिगुम्बाका ६६ वर्षिया एक महिला, राम मन्दिरका ४१ वर्षिया एक पुरुष र ३१ वर्षिया एक महिला
वडा नं १२- ३४ वर्षिया एक पुरुष, दुर्गा मन्दिरका २२ वर्षिया एक पुरुष, संगम चोकका ३२ वर्षिया एक महिला, बालकुमारी टोलका३६ वर्षिया एक एक महिला, फैका चोकका२० वर्षिया एक पुरुष, सिमाल्टारका २८ वर्षिया एक महिला