“सम्झना”(उपन्यास )
कपन अनलाइन
काठमाडौँ,असोज १२ /कृष्ण श्रेष्ठ
अफिस ड्यूटी सकाएर घर फर्कदै थिए | कोरोनाको कहरले सबै जसो होटलहरू बन्द थियो| खाजा खाएर मात्र घर जाम भनेको, ओ हो ! अब के गरौं ……… जादा जादै बौद्धको G_CAFE खुल्ला देखे। बाईक पार्किंग गरेर भित्र छिरिहाले। किन भने क्याफेको माहोल मलाई निकै मनपर्थ्यो , शान्त तथा पारिवारिक बातावरण।
हिजोअस्ती भन्दा आज अलि चिसो नै । झन बाईक हाकेर होकी त्यै माथी चार,पाँच दिन नरोकिएको मौसम , भित्र जाने बित्तिकै टेबल न. ६७ मा बसे । वेटरलाई अर्डर गरे; – वेटर प्लीज एक कप मिल्क कफि है छित्तो बाँकी अहिले मेनु हेरौला | वेटर हस भन्दै गए | भोक पनि लागिराको छ के खाम | मेनु हेरे | अचानक आँखा पल्लो टेबलमा एउटी केटी मान्छे एक्लै किताब पढ्दै कफि पिउदै गरेको देखे। चंचल यो मन एक्लै बस्न नमज्जा लाग्यो।उनी भएकै तिर केही बहाना गरी जान मनलाग्यो।
सुन्दर सिल्की कपाल, कुर्था-सलवारमा सजिएकी अनि टेबलकै साईडमा ब्याग राख्दै कफिको चुस्किमा किताब पढ्दै गरेको मनमोहक दृश्य सहनै सकिन। जे होला देखा जाएगा भनेर म उनको नजिक पुगे।
“हाई”- मैले भने; किताब पढीरहेकी पात्रले ” हजुर ” भन्दै म भए तिर हेरिन | मैले भने; हजुर एक्लै? ” हो ” उनले जवाफ दिईन। के म तपाईको टेबलमा बस्न सक्छु। मैले भने; उनले किताबको पाना पल्ताउदै भनि; किन र हजुर पनि एक्लै होर ? ” हजुर हो ” त्यहि भएर साथी खोजे। हजुर एक्लै देखे र म आफ्नो टेबल छोडेर हजुर सँगै कफि अनि खाजा खाम भनेर आको हुन्न ? ए हो हुन्छ बस्नुस न टेबलको मेच पनि खालिनै छ होइन र कफिको चुस्कि लगाउदै उनले भनिन; “धन्यबाद” भन्दै म उनिसँगै टेबलमा बस्नपुगे।
के पढ्दै होर?- मैले सोधे; “पल्पसा क्याफे” उनले जवाफ दिईन। हाहाहा……मैले हाँस्दै भने G_CAFE मा हजुर पल्पसा क्याफे पढ्दै मिठो लाग्यो। उनले हल्का मुस्कान छोडेर म भए तिर हेरिन।
By the way म कृष्ण अनि हजुर नि ? मैले उनको नाम सोध्न भ्याए; उनले पढीरहेको किताब ब्यागमा राख्दै भनिन; “सम्झना” मैले अर्डर गरेको कफि आईपुग्यो। एक्लै कफि पिउन अड लाग्यो, सम्झनाको कपमा कफि सकेको देखे | आग्रह गरे, one more coffee. “पिउनु र? सम्झनाले भनिन!मौसम चिसो छ, फेरी मलाई नि साथी हुन्छ, एकछिन सँगै बस्दा हुन्न र?, मैले भने; लामो सास फेर्दै हातमा घडी हेर्दै भनिन; हुन्छ ।
वेटर भाई अर्को एक कप कफि है छिट्टो । हजुरलाई ढीला पो भयो की घडी हेर्नुभयो ? अ… अगि स्कूटी पंचर भएर बाहिर वर्क शपमा बनाउन देको थिए, खै अहिले सम्म बनाको होकी होईन | भएसि मलाई खबर गर्नु है भनेको झन्।ए होर !
उनले किताब ब्यागमा राख्दा ब्यागको चेन लगाउन बिर्सेछन क्यारे, मेरो आँखा नि उतै उनकै ब्याग तिर पुग्यो। ब्याग भित्र अर्को पनि किताब देखेर उत्सुक हुँदै सोधे; हजुरको ब्यागमा अर्को पनि किताब रैछ नि है, कुनकिताब हो ?
ए…अ झमक कुमारीको “जीवन काडाँ कि फूल” हो उनले जवाफ दिईन।
मलाई लाग्छ हजुर धेरै साहित्यमा रुचि राख्नु हुन्छ । तपाईसँग भएको उपन्यासहरू अनि तपाईको कुरा गर्ने शैलि पनि उस्तै। फेरी आज मौसम पनि उस्तै छ। हाहाहा………हैन हैन तपाईलाई त्यस्तो लागेको मात्रै हो। कहिले काहीं एक्लै हुँदा यी किताबहरू पढ्ने गर्छु। मन बहलाउछु। फेरी हेर्नुस अगि हजुर आउने बित्तिकै मैले किताब ब्यागमा राखे नि होईन र ? त्यो त हो, मैले भने;
सर कफि वेटरले अगि अर्डर गरेको कफि ल्यायो। कफि उता म्याडमलाई हो।वेटर कफि टेबलमा राख्दै …’ सर अरु केही ? एकछिन ल म्याडम केही खानु हुन्छ की सोद्धछु।नाई नाई म केही खान्न ( अकस्मात तर्सिएर बोलिन ) केही त खानु पर्छ, मैले भने; ओके ओके एउटा फ्रेंच फ्राई मात्र है त, उनले घडी हेर्दै भनिन | हस् ……मैले भने;म्याडमलाई एउटा फ्रेंच फ्राई अनि मलाई बफ सि मो. मो. र 3 वटा बफ बर्गर होम प्याकिंग है | वेटर हस भन्दै गयो |
अनि अरु भन्नुस के गर्नु हुन्छ हिजो आज हजुर ? मैले सोधे; एउटा स्कूलमा पढाउछु त्यहि हो मेरो काम भन्नु अरु त खासै केही छैन। उनले भनिन; कुन स्कूल ? फेरी प्रश्न गरे। कपन,माहाँकालमा रहेको जोसेप बोर्डिंग हाई स्कूल हो। जवाफमा सम्झनाले भनिन……वेटरले अर्डर गरेको खाजा ल्याईदियो। वेटर भाई एक बोटल पानी पनि है। वेटर हस भन्दै गयो।
कहाँ पुगेर आउनु भयोनि हजुर ; अकस्मात सम्झनाले प्रश्न गरिन।म्यानपावर सम्म, मैले भने;किन बाहिर जान लाग्नु भयो की कतै ?मैले भने;- हो अभावै अभावको यो ठाउँमा बाँच्न गाह्रो छ। माया कस्को पोल्तामा सस्तो कस्तोमा महँगो। दिन सके खुसी नसके रुस्त । खुसी अनि हरेक कुरा को अभाव र दु:खको भकारी बोकेर म बिदेश जान लागेको सम्झना जी; – मैले भने;
तपाईको पर्सनल कुरा के हो त्यो त म जान्दिन तर कुरा सुन्दा गहिरो चोटमा हुनुहुन्छ जस्तो लाग्यो। संसार यस्तै हो कृष्ण जी,खुसी किनेर दिन सके कंगाल भैएला, नसके आफ्नोको सम्बन्ध चुडिएला भन्ने डर। हुन त म पनि केही बर्ष अगाडी दुबई गएर फर्केको अब तपाई जादै हुनुहुदो रैछ। अनुभव बटुलेर आउनसु मेरो शुभ कामना। जिन्दगिमा हरेस चाई कैले नखानुस है।भन्दै थिई सम्झना;
शब्द बोलिमै भए पनि सम्झनाले आत्मियताको भाव दर्शाइन म प्रति। “धन्यबाद” हजुरलाई यति भन्नु भयो खुसिलाग्यो। सम्झनेछु कुनै दिन जिवनको गोरेटोमा हजुरसँग भेटेर गरेका यि कुराहरू। सम्झनामात्र भएनि मिठो हुनेछ हाम्रो यो पल। अन्यथा नमान्नु होला सम्झना जी म हजुर सँग यसरी भाबुक भएर कुरा गर्न पुगे।
हैन हैन ,केही छैन फेरी के को अफ्ठ्यारो र कथाब्यथा आ-आफ्नै हो मेरो पनि उस्तै हो जस्तो तपाईको। हजुरले ब्यक्त गर्नु भयो मैले गरि”न मात्र यै फरक हो;- सम्झनाले भनिन।कुरा गर्दा गर्दै खाजा सकेको पत्तै भएन।दिदी तपाईको बाईक रेडि भयोै भन्दै अचानक हाम्रो अगाडी वर्क शपको भाई उभिन आईपुग्यो। ” हस ” तिमी जादै गर म आईहाले भन्दै सम्झनाले वर्क शपको भाईलाई पठायो।जादै हुनुहुन्छ; मैले सोधे।
सम्झना; हो मलाई जानु छ अहिले यहाँबाट र कुनै दिन यो संसार बाट। सम्झनाले भाबुक हुदै भनिन।मैले भने;-के मलाई हजुरको मोबाईल नम्बर या फेसबूक आईडी दिन सक्नु हुन्छ जस्मा म हजुरलाई #contact गर्न सकौ। सम्झना;- सरी मोबाईल नम्बर दिन त सक्दिन #mind नगर्नु है। फेरी फेसबूकको कुरा मैले फेसबूक #Deactivate गरी सके। भाग्य भए अनि भगवानले साथ दिए फेरी भेट होला हाम्रो है नत्र यो नै पहिलो र अन्तिम हुनेछ। अनि मिठो कफि र खाजाको लागी धन्यबाद हजुरलाई कृष्ण जी।
यसरी कुरा गर्दा गर्दै सम्झनाले आफ्नो ब्यागमा भएको दुई वटा किताबमा एउटा किताब ” जीवन काँडा कि फूल ” मलाई दिदै भनिन, यो मेरो तर्फ बाट हजुरलाई चिनो। जब सम्म यो किताब हजुर सँग रहनेछ तब सम्म हजुरले मलाई सम्झनु हुनेछ। भन्दै किताब ठम्याउदै हात मिलाएर गईन। बाई कृष्ण जी………… म हेरिरहे उनी गएको बाटो आँखा ले देखुजेल… । समाप्त
( ‘सम्झना’ उपन्यास गोकर्णेश्वर नगरपालिका वडा नं ४ निवासी कृष्ण श्रेष्ठले पठाउनु भएको हो) ।
