पत्रकारहरुले समाजलाई सहि बाटो देखाउनु पर्दछ :डा. राजन भट्टराई

पत्रकारहरुले समाजलाई सहि बाटो देखाउनु पर्दछ :डा. राजन भट्टराई

कपन अनलाइन

काठमाडौं ,असोज १२।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले  पत्रकारहरुले समाजलाई सहि बाटो देखाउनु  पर्ने बताएका छन।

मदन भण्डारी फाउन्डेसनले संचालन गरेको सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकारहरु संगको अन्तरक्रियामा डा. भट्टराईले पत्रकारहरुले सम्प्रेसन गरेको सुचनाले नै आम जनमानसलाई बाटो देखाउने भएकोले सत्य र तथ्यमा आधारित रहेर जनतालाई सुसुचित गर्नुपर्ने बताएका हुन।

वर्तमान समय सुचना प्रविधिको रहेको भन्दै डा.भट्टराईले खोजमुलक र तथ्यपरक समाचार संकलन र प्रसारण गर्न तर्फ प्रशिक्षार्थी पत्रकार हरुले विचार पुर्याउनु पर्ने धारणा राखेका थिए । केवल प्रचारात्मक र चर्चामुखी समाचारहरुलाई प्राथमिकता दिंदा पत्रकारिताको आधारभूत सिदान्त नै धुमिल बन्ने गरेको बताउदै डा .भट्टराईले समाजमा भएका सकारात्मक र प्रेरणादायी घटनाहरुको प्रवर्धन गर्नु पत्रकारहरुको दायित्व रहेको विचार प्रस्तुत गरेका थिए ।

सरकार विरुद्ध चरण वद्ध रुपमा भैरहको नकारात्मक प्रचार किन भन्ने प्रशिक्षार्थी पत्रकारको प्रश्नमा डा. भट्टराईले तथ्य भन्दा पनि उदेस्य प्रेरित सुचना सम्प्रेसनको गलत प्रतिस्पर्धाले त्यस्तो भएको भन्दै सरकारले गरेका राम्रा कामहरुको विवरण प्रस्तुत गरेका थिए।

त्यस्तै कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि सरकारले के प्रयास गरेको छ ? भन्ने प्रशिक्षार्थीहरुको प्रश्नमा डा . भट्टराईले सिमित श्रोत र जनशक्तिका बावजुद पनि सरकारले अन्य देशको तुलनामा निकै राम्रो काम गरेको भन्दै विस्वका विभिन्न अध्ययनहरुले देखाएको सूचकहरु हेर्दा नेपाल सहि दिशामा अगाडी बढेको तथ्यले देखाउने धारणा राखेका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।