चौतारा सांगाचोकगढि नगरपालिका १४ का वडा अध्यक्ष सेर वहादुर श्रेष्ठ कुटिए

चौतारा सांगाचोकगढि नगरपालिका १४ का वडा अध्यक्ष सेर वहादुर श्रेष्ठ कुटिए

कपन अनलाइन

सिन्धुपाल्चोक ,असोज ८।

सिन्धुपाल्चोक चौतारा सडकको नाली खन्दा बाटोमा माटो थुपारेको र आवातजावतमा समस्या भएकोले चाँडो काम सक्न अनुरोध गर्दा चौतारा सांगाचोकगढि नगरपालिका १४ का वडा अध्यक्ष सेर वहादुर श्रेष्ठ कुटिएका छन ।
साँगाचोक डडुवा सडकको विषयमा असन्तुष्टि भएका केहि युवाले बाटोमै वडाअध्यक्ष माथि आक्रमण गरेका हुन ।
वडा अध्यक्ष श्रेष्ठ अहिले काठमाडौ बानेश्वर स्थित एभरेष्ट अस्पतालमा उपचार गरिरहनु भएको छ । टाउकोमा गम्भीर चोट लागेको र रगत जमेकोले थप उपचार चलिरहेको उहाँको पारिवारिक श्रोतले वताएका छन ।
अध्यक्ष श्रेष्ठमाथी आक्रमणमा सम्लग्न स्थानिय सुर्य श्रेष्ठ र सुश्मेन श्रेष्ठ रहेको र उनीहरु दुवै अहिले फरार रहेको जिल्ला प्रहरी कार्यालयले वताएको छ । फरार भएका दुवैको खोजी भइरहेको समेत प्रहरीले वताएको छ

तपाइँको प्रतिक्रिया ।