बागमती प्रदेश सरकारले “एक विधालय एक नर्स कार्यक्रम ” का लागि करार सेवामा कर्मचारी माग्यो

बागमती  प्रदेश सरकारले “एक विधालय एक नर्स कार्यक्रम ” का लागि करार सेवामा कर्मचारी माग्यो
कपन अनलाइन
हेटौडा ,असोज ८ /सुमित्रा लुईटेल
बागमती  प्रदेश सरकारले एक सामुदायिक विधालय बराबर एक नर्स कार्यक्रम अन्तर्गत  विधालयमा नर्स लगायत  विभिन्न पदमा करार सेवामा भर्नाको लागि सूचना प्रकाशित गरेको छ ।
उक्त कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०७६/०७७ मा ११९ पालिकमा पहिलो बर्ष २० वटा विधालयमा नमुनाको रुपमा पाइलट प्रोजेक्टको रुपमा काम गरिसकेको छ ।
त्यसैगरी चलु आर्थिक वर्ष २०७७\०७८ मा प्रत्येक स्थानीय तहका थप २ ओटा बिद्यालयमा “एक बिद्यालय एक नर्स कार्यक्रम” विस्तार गर्न २३७ बिद्यालयमा नर्स लगाय त अन्य विभिन्न पदमा करार सेवामा भर्नाका लागि सामाजिक विकास मन्त्रालयद्वारा दरखास्त आह्वान गरिको छ।
यस बर्ष सम्ममा एक पालिकामा कम्तिमा ३ सामुदायिक बिधालयमा यो कार्यक्रम लागु हुनेछ ।
सम्पूर्ण सामुदायिक माध्यमिक विधालयमा ” एक बिद्यालय एक नर्स कार्यक्रम” पुराउने प्रदेश सरकारको योजना छ त्यसैले आगामि बर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिइनेछ।
थप जानकारी mosd.p3.gov.np तथा फोन नं. 057524297 र मोबाइल नं. 9851239020 बाट प्राप्त गर्न सकिनेछ।
(सुमित्रा लुईटेल सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।