टोखा वडा नं २ मा ४८ जनाको PCR परिक्षण

कपन अनलाइन

काठमाडौं ,असोज ७ /नविना श्रेष्ठ
टोखा नगरपालिका वडा नं २ को तलेजु मन्दिर परिसरमा हिजो ४८जनाको PCR परीक्षणका लागि स्वाब संकलन गरिएको छ। १८ महिनाको सन्धी डंगोल बालक सहित बालबालिका, युवा, वृद्धहरु गरी ४८ जनाको परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

१८ महिनाको बालकका आमा, बुबा दुवैलाई PCR टेस्ट पछि ।रिपोर्ट मा पोजेटिभ देखिए पछि यी बालको पनि आज PCR परीक्षणका लागि स्वाब संकलन गरिएको वडा -२का सदस्य हेराकाजी डंगोलले जानकारी दिनुभयो। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा आज ५ जना कोभिड-१९ लाई जितेर घर फर्किएका छन् ।
टोखा.न. पा.का नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल, वडा नं २ का अध्यक्ष दिपक राज जोशी र स्वास्थ्य कर्मीहरुको उपस्थितिमा विदाइ गरेको थियो। टाेखा नगरप्रमुख प्रकाश अधिकारी निको भएर डिस्चार्ज भएकाहरुलाई ले खादा ओडाएर विदाइ गरेको थियो।

तपाइँको प्रतिक्रिया ।