बालउद्दार मावीलाई उत्कृस्ट विद्यालय बनाउन हर किसिमको सहयोग हुनेछ : डा. राजन भट्टराई
कपन अनलाइन
काठमाडौं ,असोज ४।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिका लागि विद्यालय व्यवस्थपान समिति, शिक्षक–शिक्षिकाहरु र अभिभावकहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन।
बाल उद्धार माध्यामिक विद्यालयद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै डा. भट्टराईले काम सार्वजनिक विद्यालयमा गर्ने तर थोरै आर्थिक लाभका लागि आफ्नै विद्यालयका विद्यार्थीहरुलाई निजी विद्यालयमा लगेर आर्थिक लाभ लिएर पठाउने जस्ता गैरजिम्मेवारी कामहरुलाई बढवा दिदाँ सामुदायिक विद्यालयहरु ओझेलमा परेको धारणा राखेका थिए।
आफ्नो विद्यार्थी जीवनमा सरकारी विद्यालय नै पढेको स्मरण गर्दै डा .भट्टराईले त्यतिबेला निजी विद्यालयहरु थुप्रै हुदाँ हुदैँ पनि आफूले पढ्न इच्छा नगरेको बताउदै निजी विद्यालयभन्दा सामुदायिक विद्यालयमा नै अत्यन्त राम्रो पढाई हुने गरेको बताएका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. भट्टराईले यस विद्यालयमा पनि त्यस्ता खाले कुनै गतिविधि भएको भए तत्काल रोक्नुपर्ने अन्यथा अटेरी गर्ने जो कोहीलाई पनि विद्यालयको नियम अनुसार कारवाही गर्न विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई निर्देशनात्मक सल्लाह दिएका थिए ।
डा. भट्टराईले कार्यक्रममा सो विद्यालयको लागि कयौँ पटक व्यक्तिगत हिसाबले र सरकारी तवरबाट गरिने सरसहयोगहरुमा कुनै पनि कसुर बाकिँ नराख्ने र थप आवश्यक सहयोगका लागि जतिबेला पनि आफू तयार रहेको बताएका थिए।
डा. भट्टराईको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा अतिथिहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बूढानीलकण्ठ नगरपालिकाका अध्यक्ष रबिन अधिकारी, बूढानीलकण्ठ नगरपालिकाकै प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ सापकोटा, अन्य अतिथिहरु उप मेयर रमादेवी राई, प्रहरी प्रभात कपनका प्रहरी निरीक्षक शेखरजंग मल्ल, नवराज भट्टराई, शम्भु भट्टराई, शिव बँजगाई, तिलक लुईटेल, जगत निरौला लगायतका अन्य थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रम बिद्यालयका प्रधानाध्यापक बिनोद पण्डितले अतिथीलाई स्वागत , ध्रुव प्रसाद घिमिरेले अध्यक्षता र राजन रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।