एनएस ग्लोबल सोलुसन चाबहिल द्वारा चुनिखेलका सय घरलाई खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं ,असोज ४।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलका एक सय घर परिवारलाई  एनएस ग्लोबल सोलुसन चाबहिलको सहयोगमा खाद्यान्न सहयोग गरिएको छ।

नेकपा बुढानिलकण्ठ वडा नम १३ का अध्यक्ष टिकेस नारायण श्रेष्ठको उपस्थिति भएको खाद्यान्न सहयोग कार्यक्रममा बोल्दै सोलुसनका डाइरेक्टर राम प्रसाद् श्रेष्ठले संक्रमणको अवस्थामा घरमा चुल्हो बाल्न गाह्रो भएका  परिवारहरुलाई सक्दो सहयोगगरेको बताएका थिए ।

त्यस्तै सोलुसनका प्रोपाइटर प्रकाश श्रेष्ठ ले आबश्यक परे फेरी पनि सहयोग जारी राख्ने बताउदै राहत मा १० बोरा चामल ६ बोरा दाल १०० पकेट नुन सहयोग गरिएको जानकारी दिएका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।