Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/Image-39-scaled-e1600575634648.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/Image-31-1-scaled-e1600575719509.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/Image-118-scaled-e1600575824535.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/Image-122-scaled-e1600575958174.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/Image-66-scaled-e1600575906590.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/Image-70-scaled-e1600576021590.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ ए वान नेपाल द्वारा सिन्धुपाल्चोक बाह्रबिसे पहिरो पिडितलाइ सहयोग

कपन अनलाइन

काठमाडौँ, असोज ४ ।लायन्स  क्लब इन्टरनेशनल  डिस्ट्रीक ३२५ ए वान नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे ६ सखुवाका बाढीपिडितहरुको लागि राहत बितरण गरेको छ ।लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनबाट प्राप्त सहयोगबाट खाद्यान्न, भाडाकुडा, कम्बल र लुगाफाटा सहित राहत सामग्रीहरु वितरण  लायन्स लिडर तथा सदस्यहरु पहिरो प्रभावित स्थलमा शुक्रबार पुगेका हुन।

जिल्ला प्रसासन तथा नगरपालिकाको समन्वयमा उनीहरुले बर्षा को समेत परवाह नगरी  पहिरो स्थलमै पुगी  पहिरो पिडत करिब १७६ परिवारलाइ हस्तान्तरण गरिएको थियो।उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल जी ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला,  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का बर्तमान डिस्ट्रिक गभर्नर लायन  टंक बहादुर श्रेष्ठ , पुर्व डिस्ट्रिक गभर्नर एबम हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन  अन्नत प्रसाद भेटुवाल  ,पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदी लगायत डिस्ट्रिकका  बिभिन्न लायन्स क्लबमा आवद्द लायन्स लिडर तथा सदस्यहरु गरि करिब ८० जना लायन्स सदस्यहरुको उपस्थिति रहेको थियो ।

नेपालमा आइ पर्ने बिपत्तिलाइ दृष्टिगत गर्दै डिष्ट्रीकले छुट्टै कोष खडा गरि सहयोग गर्दै आईरहेको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले बताए।  उनले जहाँ आवश्यकता त्यहा लायन्स  र उइ सर्भ को नाराका साथ सामाजिक काममा सक्रिय रहेको बताए ।

उनले लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनबाट प्राप्त सहयोगलाइ दुरुपयोग हुन नदिन प्रत्यक्ष उपस्थितिमा पहिरो पिडितलाइ सहयोग गरेको बताए।उनले  देशमा हुने जुनसुकै किसिमको प्राकृति प्रकोपको समयमा लायन्स सदस्यहरु अग्रमोर्चा रहि सेवाभावका साथ क्रियाशील हुँदै आएको बताए  ।मानिसको क्षमता जतिभए पनि सामाजिक कार्य गर्नलाई उसलाई संघ–संस्थाको आवश्यकता हुन्छ, एक्लो प्रयासले ठूलो उपलब्धि हासिल हुँदैन । एकले थुकी सुकी, धरैले थुकी नदी भनेझैँ समूहले गरेका काम प्रभावकारी हुने भएकाले डिस्ट्रिक को स्लोगननै टिम राखेको उनले बताए ।

उनले कोरोना कहरको बीचमा लायन्स क्लबले रक्तदान मात्र नभई फुड ब्यांक मार्फत राहत वितरण हंगर रिलिफ मार्फत संघ संस्थामा आश्रितहरुलाई खाद्यान्न लगायतका सामग्री वितरण नेपाल सरकारलाइ कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सामग्री बितरणका साथै आइसोलेसन निर्माण कार्यमा सहयोग गर्दै आएको बताए ।उनले लायन्स  सदस्यहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित भएको बताए ।करिब १२ लाख रुपयाँ बराबरको उक्त राहत सामग्री १७६ बाढिपहिरो पीडित घरपरिवारको निमित्त बितरण गरिएको उनले बताए  ।

त्यसै गरि पुर्व डिस्ट्रिक गभर्नर एबम हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन  अन्नत प्रसाद भेटुवालले लायन्स सदस्यहरुले कोभिड महामारीको बिचमा पनि प्रत्यक्ष उपस्थितिमा सामाजिक कार्य गर्दै आएको बताए ।उनले जहाँ आवश्यकता त्यहा लायन्स भन्ने  नाराका साथ् देशमा बाढी, पहिरो, भूकम्प, आँधिहुरी जस्ता अन्य प्राकृतिक प्रकोप एवं विपद् आदिको व्यवस्थापन गर्ने र पीडितहरूलाई राहत र उद्धारको काम गर्दै आएको बताए । पहिरो पिडितको  अबस्था देखेर निकै मन दुखेको छ ।त्यसैले एक नेपालीलाई पर्दा अर्को नेपालीलाई सहयोग गर्ने भावना बढाउने कोसिस गर्न समेत उनले अनुरोध गरेका छन।

त्यस्तै पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदीले लायन्स क्लबमा आवद्द हुनु भनेकोनै सामाजिक तथा मानवीय सेवाको लागि भएको बताए ।लायन्स क्लबले अनगिन्ती सेवाका कार्यक्रमहरू गर्दै निरन्तर मानवमात्रको सेवाका लगि अगाडि बढिरहेको बताए । उनले लायन्स क्लब मार्फत प्रत्यक्ष उपस्थितिमा सहयोग गर्न पाउदा उत्साहित भएको बताए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।