संबिधान दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसनको अन्तरक्रिया कार्यक्रम सम्पन्न

संबिधान दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसनको अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,असोज ४।

संविधान दिवसका अवसरमा मदन भण्डारी फाउन्डेशनले ‘नेपालको संविधान मौलिक हक कार्यान्वयनको सवाल’ विषयमा गरेकाे भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।संबिधान दिवसका ओस्ज १ गते देखि ७ गते सम्म विविध कार्यक्रम गरेर सप्ताह ब्यापी कार्यक्रम आयोजना गरिरहेको फाउन्डेसनले असोज ३ गते सो अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

सो  कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले मौलिक हकसँग जोडिएका १६ वटा ऐनको कार्यान्वयनका लागि सवैको भुमिका उत्तिकै महत्वपुर्ण हुने बताउदै  भएका कानुनको पालना र ऐन कानुनको उल्लंघन गर्नेलाई दण्ड, जरिवानाको व्यवस्था भएको बताएकी थिइन् ।

त्यस्तै   वातावरण मन्त्रालयका सहसचिव राधा वाग्लेले संविधानको धारामा उल्लेख गरिएका प्रत्येक बिषयमा कानुन र नीति भएपनि कार्यान्वयनमा समस्या भएको बताउदै  संविधानले ग्यारेन्टी गरेको कानुन रहेको   तर कार्यान्वयनमा समस्या देखिएको धारणा राखेकी थिइन।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डम्बर चेम्जोङ्गले राजनीतिले छलाङ्ग मारिसके भए पनि समाज परिर्वतनको बाधक कर्मचारीतन्त्र भएको धारणा राख्दै संविधानले परिकल्पना गरेको समृद्ध र आधुनिक विकासको अवधारणालाई कर्मचारीले सहयोग नगरेको बताएका थिए ।

कार्यक्रममा  मानव अधिकारकर्मी शुसिल प्याकुरेलले मानवअधिकारको संरक्षणमा संविधानले धेरै व्यवस्था गरेपनि कार्यान्वयनको सन्दर्भमा जवाफदेहि ढंगले काम नभएको धारणा राखेका थिए भने  सञ्चारविज्ञ कुन्दन अर्यालले प्रेस स्वतन्त्रता समस्या र तिनको समाधानमा आफ्ना विचार राखेका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा  मदन भण्डारी फाउन्डेशनका अध्यक्ष उषा किरण भण्डारीले संविधानको मौलिक हकमा समेटिएका विषय र तिनको कार्यान्वयनका बारेमा चासो व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा फाउन्डेशनका पदाधिकारी, सांसद लगाएतकाे सहभागीता रहेकाे थियाे ।

तपाइँको प्रतिक्रिया ।