संविधान दिवस र २३ औं गणेश मान स्मृति दिवसका अवसरमा जि पि काेईराला फाउण्डेशन काठमाण्डाै क्षेत्र नं. ४(ख) को दिप प्रज्वलन

संविधान दिवस र २३ औं गणेश मान स्मृति दिवसका अवसरमा जि पि काेईराला फाउण्डेशन काठमाण्डाै क्षेत्र नं. ४(ख) को दिप प्रज्वलन

कपन अनलाइन

काठमाडौं ,असोज ४।

जि पि काेईराला फाउण्डेशन काठमाण्डाै क्षेत्र नं. ४(ख) द्वारा सर्वमान्य नेता गणेशमान सिंहकाे २३ औं स्मृति दिवस र संविधान दिवसकाे अवसरमा असाेज ३ गते बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ स्थित नाैलिन भद्रकालि मन्दिरमा दिप प्रज्वलन कार्यक्रम गरेकाे छ।

सो कार्यक्रमका  प्रमुख अतिथि बागमती प्रदेशका प्रदेस सभा सदस्य   न्हुच्छे नारायण श्रेष्ठले शान्तिकाे प्रतिक परेवा उडाउनुका साथै  लाैहपुरुष गणेशममन सिंहकाे फाेटाेमा माल्यार्पण गरि सुरु भएकाे गरिएको थियो।

उक्त कार्यक्रममा नेपाली काँग्रेस काठमाण्डाै क्षेत्र नं.४(ख) का उम्मेदवार साधुराम खड्का, नेपाली काँग्रेस काठमाण्डाै क्षेत्र नं.४(ख) का सभापति बिनाेद चालिसे, काठमाण्डाैं जिल्ला सदस्य इन्द्र बहादुर थापा, बु न पा का नगरप्रतिनिधि एवम् विभिन्न वडाका सभापतिहरुकाे उपस्थिति रहेकाे थियो ।

तपाइँको प्रतिक्रिया ।