संबिधान दिवसको अवसरमा टोखामा रक्तदान कार्यक्रम सम्पन्न

संबिधान दिवसको अवसरमा टोखामा रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,असोज ४ /जय न्यौपाने
 मदन भण्डारी फाउन्डेसन काठमाडौं टोखा र धापासी गणेश युवा क्लवको संयुक्त आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमा ७५ जनाले रक्तदान गरेका थिए।
संबिधान  दिवसको अवसर पारेर आयोजना गरिएको सो  उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य दीपक नीरौला , नेकपा जिल्ला कमिटी सदस्य नारायण भाई श्रेष्ठ, टोखा नगर प्रमुख प्रकास अधिकारी, उप प्रमुख ग्यान माया डंगोल , कार्यपालीका सदस्य तथा  मदन भण्डारी फाउन्डेसन सचिवालय सदस्य कल्पना घिमिरे वडा नं ४  का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ  लगायत वडा नं ४,५,६ र ७  का जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
सो कार्यक्रमका   प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य दीपक निरौलाले  संविधान दिवशको शुभकामना सहित मदन भण्डारी फाउन्डेसन टोखामा रक्तदान गर्नु हुने ब्यक्ती सहयोगी संघ संस्था प्रशंसा पत्र बितरण गरेका थिए।
 टोखा नगरपालिका प्रमुख प्रकास अधिकारीले कोभिड १९  मंहाम्मारी बिच देशमा रगत अभाव हुन नदिन यस किसिमको सराहनीय कार्य प्रती संम्पुर्ण आयोजकहरु संघ संस्थालाई थप हौसला सहयोग निरन्तर जारी रहने बिस्वास दिलाउदै  नगरबासीलाई संविधान दिवश २०७७  को शुभकामना दिएका थिए। उनले   युवा तथा संघ  संस्थाहरुको सामाजीक सकृयताको उच्च प्रशंसा ब्यक्त गर्दै क.मदन भण्डारीको सिदान्त  रचना र विचार प्रती संम्मान ब्यक्त गर्दै  स्वास्थ्यकर्मी  र आयोजकहरुलाई  धन्यवाद ज्ञापन गरेका थिए  ।
त्यस्तै  उपप्रमुख  ज्ञानमाया डंगोलले  नगरबासीहरु लगायत संम्पुर्णमा संबिधान दिवशको  शुभकामना संदेश ब्यक्त गर्दै कोभिड १९   को विषम परिस्थितिमा स्वास्थ्य सचेतना सहित रगत अभाव हुन नदिन समाज प्रती कर्तब्यनीष्ट समाजसेवी युवाहरुलाई धन्यवाद दिएकी थिइन् ।
 उक्त कार्यक्रमा उपप्रधान तथा रक्षामन्त्री  ईश्वर पोख्रेल बाट   स्वास्थ्य उपकरण सहित एक हजार  थान माक्स स्थानीय धापासी गणेश युवा कल्वलाई सहयोग प्रदान गरेको  जानकारी दिदै नेकपा काठमाडौं  कमिटी सचिवालय सदस्य  नारायण भाई श्रेष्ठले  रक्तदानमा सहभागीहरुलाई प्रशंसा पत्र सहित संबिधान दिवशको शुभकामना दिएका थिए।
(जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।