सरसफाइ र दिप प्रज्जवलन गर्दै बुढानिलकण्ठ वडा नं २ ले संविधान दिवस मनायो

कपन अनलाइन
काठमाडौं ,असोज ४ । निशा वराल/ शिरिष पौडेल
बुढानिलकण्ठ नगरपालिका वडा नं २ ले छैटौँ संविधान दिवस सरसफाई र दिप प्रज्जवलन गरेर मनाएको छ । संविधान निर्माण को छैटौ बर्ष पुगेको अवसरमा वडा भित्र रहेका विभिन्न उपभोगता समिति , युवा क्लव र वडाको  पहलमा बिहान आफ्नो टोलमा सरसफाई कार्यक्रम गरेर मनाइएको छ ।
बेलुका भने वडा २ कार्यलय र वासिकु क्लबको सहयोगमा वासिकु गणेश मन्दिरमा नगरपालिका प्रमुख उद्दव खरेल , वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्का वडा सदस्य राजेन्द्र श्रेष्ठ लगाएतका जन प्रतिनिधि र स्थानिय वासिन्दाहरुको उपस्थितिमा नेपालको नक्शा र झण्डाको आकार बनाएर दिप प्रज्जवलन गरेर मनाईएको हो ।
(निशा वराल/ शिरिष पौडेल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।