यस पटक जगडोल झण्डा पार्कमा राष्ट्रिय झण्डा फेर्न बुढानिलकण्ठ नगरपालिका नै आउनु पर्यो

यस पटक जगडोल झण्डा पार्कमा राष्ट्रिय झण्डा फेर्न बुढानिलकण्ठ नगरपालिका नै आउनु पर्यो

कपन अनलाइन

काठमाडौँ, असोज ३ / विकल सापकोटा

संविधान दिवस २०७७को  अवसर पारेर बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोल झण्डा पार्कको झन्डा फेरिएको छ ।स्थानीय संघ संस्थाको सक्रियतामा फेरिदै आएको उक्त झण्डा यस पटक बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को सहयोगमा फेरिएको हो।

संविधान दिवस २०७७ का अवसर पारेर आज बिहान बुढानिलकण्ठ नगरपालिका वडा नं ११का वडा अध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यमा सो झण्डा फेरिएको हो।सो कार्यक्रममा वडा सदस्यहरुको साथै स्थानीयको समेत उपस्थिति रहेको थियो। जगडोलमा क्रियाशील जगडोल रेसिडेन्ट,जगडोल यज्ञडोल युवा क्लब तथा सुगम वेलफेयर  सोसाइटी लगायत स्थानीयको सक्रियतामा फोहोर फाल्ने स्थानको रुपमा परिणत हुदै गएको सो सार्वजनिक जग्गा सरसफाई सहित जग्गा संरक्षण गर्ने हेतुले  झण्डा पार्क बनाइएको थियो  ।

तीन वर्ष अघि राष्टिय गानका रचयिता  ब्याकुल माइलाको प्रमुख आथित्य तथा गोकर्णेश्वर नगरपालिका प्रमुख  सन्तोष चालिसे र बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दब खरेल सहितको उपस्थितिमा झण्डा पार्क उद्घाटन गरिएको थियो ।समय क्रम संगै दुवै नगरपालिकाले सो झन्डा पार्कमा थप पूर्वाधारका कार्यक्रम ल्याउदै सार्क राष्ट्रको समेत झण्डा राख्ने गरि काम अघि बढाउने भनिएता पनि हाल सम्म बेला बेलामा सरसफाई र झण्डा फेर्ने काम बाहेक अन्य काम हुन सकेको छैन । प्राय स्थानीयको सहयोगमा नै झण्डा फेरिने गरेको मा यस पटक भने  बुढानिलकण्ठ नगरपालिकाले अभिभावकत्व ग्रहण गर्दै झण्डा फेर्ने काममा सक्रियता देखाएको हो। उपत्यका बाट नजिक रहेको सो स्थान आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा पर्दै आएको छ।

 प्रातकालिन तथा सन्ध्याकालीन भ्रमण गर्नेहरुको रोजाईको केन्द्रकाका रुपमा रहेको सो स्थान बाट  सुर्यदय र सुर्यास्तको मनोरम दृश्यको साथै काडमाडौं उपत्यकाका अधिकांश स्थानहरु  सजिलै नियाल्न सकिन्छ ,तर विडम्बना एकताको प्रतिक राष्ट्रिय झण्डा गाड्ने सामुहिक हातहरु भने अहिले विभक्त भएका छन ।

 एउटा झण्डा गाडेका ति हातहरुले करिब दर्जन संस्था कपन जगडोलमा जन्माएका छन तर दर्जन सन्तानको बिचमा पनि बेसाहारा अभिभावक झैँ रहेको झन्डा र झण्डा पार्कको साहारा बनेर बुढानिलकण्ठ नगरपालिकाले अग्रसरता देखाएको छ ।त्यति मात्र होइन बुढानिलकण्ठ नगरपालिकाले नीति तथा कार्यक्रममा नै प्रथामिकतामा राखेर मुख्य पर्यटकीय केन्द्र बनाउने घोषणा गरेको सो स्थानका अगुवाहरुलाई पक्कै आजको दृश्यले पोल्नु पर्ने कार्यक्रमका एक स्थानीयले बताए ।

उद्घाटनको पहिलो दिन राष्ट्रिय पोशाकमा सजिएर झण्डाको लालिमा प्रफुल्लित देखिएका कतिपय अनुहार भने असोज ३ गते आज भएको कार्यक्रममा देखिएन । विभक्त नभई एक हुँदा नेपाल सरकारलाइ समेत दबाब दिएर जगडोल शान्ति पार्कको नाममा जगडोल थप्न बाध्य पारेका स्थानीयहरु विभक्त हुँदा कोहि चिया पसलमा कोहि चोकमा र कोहि सामाजिक संजालमा आक्रोश पोख्नमा सक्रिय देखिन्छन ।सायद त्यसैले वडा कार्यालय झण्डा बोकेर आउनु परेको भन्दै एक स्थानीयले गुनासो पोखेका छन ।

तपाइँको प्रतिक्रिया ।