असोज २ गते सम्म कागेश्वरी मनोहरा नगरपालिकाका १३६जनाले कोरोना जिते

असोज २ गते सम्म कागेश्वरी मनोहरा नगरपालिकाका १३६जनाले कोरोना जिते

कपन अनलाइन

काठमाडौं, असोज ३।  कागेश्वरी मनोहरा नगरपालिकामा असोज २ गते सम्ममा कुल २६१ जना कोरोना संक्रमित  मध्ये १३६जनाले कोरोना जितेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए। उनले हाल नगरपालिकामा १२५ जना सक्रिय संक्रमित रहेको जानकारी गराउदै आश्विन २ गते कागेश्वरी मनोहरा नगरपालिका द्वारा संचालित मुलपानी नगर अस्पतालमा ८१ जना पुरूष र ६५ जना महिला गरि १४६ जनाको स्वाब संकलन गरि परिक्षणको लागि टेकु पठाइएको  जानकारी गराए ।

 उनले कागेश्वरी मनोहरा नगरपालिकाले  नेपालमै पहिलो पटक एन्टिजेन प्रबिधिबाट स्वाब संकलन गरि दुई हजारमा कोरोना परिक्षण सेवा सुरु  भएको  बताउदै उनले  यो प्रबिधिबाट कोरोना परिक्षण गर्दा आधा घण्टामा नै रिपोर्ट आउने  बताए। उनले भाद्र २ गते एन्टिजेन प्रबिधिबाट  ३ जना पुरुष र १ जना महिला गरि ४ जनाको सो प्रबिधि बाट कोरोना परिक्षण गरेकोमा सबैको नतिजा नेगेटिभ आएको पनि बताए ।

नगरपालिकाले हाल सम्म पी सी आर  ३५९० जनाको गरिएको र आर डी टि १३४४ जनाको गरिएको र सो आर डी टि परिक्षण हाल बन्द गरिएको पनि जानकारी गराए । उनले हाल सम्म एन्टिजेन प्रबिधिबाट ८ जनाको परिक्षण गरिएको समेत जानकारी गराउदै मिति २०७७ बैशाख १ गते देखि २०७७ आश्विन २ गते सम्म कागेश्वरी मनोहरा नगरपालिका मा कोरोना  संक्रमित वडागत बिवरण  निम्न रहेको पनि बताए ।

 वडा नं. १ मा = १२ जना

 वडा नं. २ मा = ६ जना

 वडा नं. ३ मा = ६ जना

 वडा नं. ४ मा = ८ जना

 वडा नं. ५ मा = १८ जना

वडा नं.६ मा = ६० जना

वडा नं. ७ मा = ४२ जना

वडा नं. ८ मा = २७ जना

वडा नं. ९ मा = ८२ जना रहेको बताए। उनले नगरपालिका भित्र होम आइसोलेसन मा ९५जना रहेको त्यसै गरि मुलपानी नगर अस्पतालमा १८ जना रहेको र बिभिन्न अस्पतालमा ९ जना गरि कुल आइसोलेसनमा १२२ जना रहेको जानकारी दिदै सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराए।  उनले नगरपालिकामा हाल सम्म एक जना दिर्घ रोगीको  कोरोना संक्रमण बाट मृत्यु भएको जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।