बुबाको सम्झनामा : प्रशुराम अधिकारी (कविता )

बुबाको सम्झनामा : प्रशुराम अधिकारी (कविता )

कपन अनलाइन

काठमाडौं ,असोज ३।

बुबा
मेरो हृदयको आकाशभरी फैलिएको
बादललाई नियालीरहदा
जब निलो कञ्चन आकाशमा
जसरी सधैँ म सिङ्गो तपाईलाई पाउँछु
त्यसैगरी,
सधैँ अरुले देख्ने उज्यालोमा
मेरो वरीपरी घुमिरहने अमूर्त छाँयामा मात्रै कहाँ हो र ?
म त सधैँ सधैँ
मेरो अभिन्न सहारा भएको
तपाईलाई नै पाउँछु
जसरी सानोमा ताते गर्दा दरिलो साथको आभाष
तपाईको हातले दिएथ्यो
त्यसैगरी तपाईको स्मृतिले
उस्तै उर्जा दिइरहेको छ, बुबा ।

हो, बुबा
म निकै आत्तिएछु
यि मनका छालहरुमा
लहरिएर उछिट्टिदा
किनारहरुमा छटपटिदा
तपाईका सम्झनाहरु
सँधै नदी बनेर नआइदिने हो भने
जिउनुको त्रासमा
म कति छटपटिदो हुँ अझै
तर,
क पुरी ‘क’ सिकाउदादेखि नै
तपाईबाट जुन आत्माविश्वास सिके नी
हो, आज म त्यसैको सहारामा
तपाईलाई शिरमा सजाएर
क्षितिज पारीको हरियाली देखेर
रमाइरहेको छु बुबा
रमाइरहेको छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।