ठुलो भुँडी: छायादत्त न्यौपाने ‘बगर’ (कविता )

ठुलो भुँडी: छायादत्त न्यौपाने ‘बगर’ (कविता )

कपन अनलाइन

काठमाडौं ,असोज ३।

लोभको भकारी
भर्ने दौडमा लोभी
लोभीको भुँडी
हिजोभन्दा आज ठुलो
लोभीको काम
कानुनी प्वालको खोजी
लोभीको रहर
भान्सामा छिर्ने उपाय
लोभीको विशेषता
निरन्तर राल काढिरहने
लोभीका सन्तान
पैसा फुत्काउने विकल्प
लोभीका आफन्त
समय कटाउने मेलो
लोभीको दृष्टिकोण
अरूको उपलब्धिमा सीमित
लोभीको गन्तव्य
मनपर्ने वस्तु प्राप्तिसम्म
लोभीको मन
झिँगा नितल्ने कला
लोभीको दर्शन
एक्लै मोटाउने दाउ
लोभीको सन्तुष्टि
तासको घरमा वास
लोभीको जीवन
अभावका पाइला हिँडिरहने
लोभीको स्वाभिमान
सस्तो मूल्यमा बिकिरहने
लोभीको शिर
भोकै हुने झुकिरहने
लोभीको अन्त्य
घाटेवैद्यको उपचार पछि !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।