Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/119634006_857284798141909_1427678710837513594_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

धार्मिक स्थल वरपर रहेका जनावरलाइ खाना खुवाउदै सामाजिक अभियन्ताहरु

कपन अनलाइन

काठमाडौं ,असोज २।  कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउन तथा निषेधाज्ञाको कारण धार्मिकस्थलहरु बन्द रहेका छन ।धार्मिक स्थलहरु बन्द संगै मानिसहरुको चहल पहल समेत कम हुँदा धार्मिक स्थलमा आश्रित रहेका  जनावरलाई समेत खानाको समस्या देखिएपछि विभिन्न संघसंस्थाले खाना जुटाइदिन थालेका छन्।

त्यसै शिलशिलामा  नेपाल आदिवासी जनजाती इकाई सभापति गोकर्णेश्वर ८ का फुर्सांग तामाङ ,नेपाल आदिवासी जिल्ला सदस्य सुजन लामा र नेपाली कांग्रेस क्षेत्रनं ४ का युवा नेता तथा समाजसेवी श्याम कुमार बुढाथोकी  लगायतले बिहिबार पशुपति लगायतका स्थानमा रहेका जनावरहरुलाई खाना जुटाईदिएका छन् ।लकडाउन तथा निषेधाज्ञाको कारण पशुपति, स्वयम्भूजस्ता धार्मिक क्षेत्रमा मानिसको आवागमन नभएपछि जनावरको खाना समेत प्रभावित बनेको  देखेपछि केहि भए पनि सहयोग गरौ भन्ने उदेश्यका साथ सकेको खाना जुटाई दिएको नेपाली कांग्रेस तामाङ जनजाती इकाई सभापति गोकर्णेश्वर ८ का फुर्सांग तामाङले कपन अनलाइनलाइ बताए।

।यस्तो विषम परिस्थितिमा सरकारले मानिसलाई मात्र नभई यस्ता जनावरका लागि पनि खानाको  व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्  उनि भन्छन  हुने हरुले ‘दिनदिनै नयाँनयाँ परिकारहरु घरमा बनाएर खाइरहेका छौँ, तर यी जनावरको  बारेमा कसले सोच्ने ? जो हाम्रो खानामा निर्भर छन् ।’  त्यसैले पनि सकेको सहयोग गरेको उनको भनाइ रहेको छ ।

https://www.facebook.com/shyam.kc.501/videos/3272583852789000

तपाइँको प्रतिक्रिया ।