कोरोना रोकथाम, व्यवस्थापन तथा असर न्यूनीकरण युवा समूह गोकर्णेश्वरको रक्तदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, असोज २ ।“सामाजिक दुरी कायम गरि सुरक्षित तरिकाले रक्तदान गरौ ‘ तपाइको एक थोपा रगतले कसैको जीवन बचाउन सक्छौ” भन्ने मूल नाराको साथमा कोरोना रोकथाम, व्यवस्थापन तथा असर न्यूनीकरण युवा समूहको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
असोज १ गते गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान स्थित देबी बाल सुधार माबीको प्राङ्गणमामा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवरले बिहान ८ बजे देखि रेड क्रसको प्राबिधिक सहयोग संचलान गरिएको सो रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेको आयोजकले कपन अनलाइनलाइ जानकारी गराए ।
प्रत्येक स्वस्थ व्यक्तिले आफ्नो १८ बर्षको उमेर संगै रक्तदान सुरुवात गरौ’ आव्हानका साथ प्रथम पटक गरिएको सो रक्तदान कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं ३ का स्वयं सेवक, सम्मुनत जालपादेवी युवा क्लब स्वतन्त्र टोल सुधार समिती,जलदेवी पन्चायन कृषि सहकारी महिला समूह लगायतको सहयोग रहेको थियो ।कार्यक्रममा समाजसेवी जनक गिरिले स्वास्थ्य सुरक्षाका समाग्री मास्क, ग्लोब्स र स्यानीटाइजर सहयोग गरेका थिए भने रक्तदाताहरुको लागि लायन रामेश्वर बिष्टले जुस सहयोग गरेको आयोजकले जानकारी गराएको छ।
सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,गोकर्णेश्वर नेकपा नगर अध्यक्ष उद्दब बिष्ट लगायतको उपस्थिति रहेको थियो ।