कागेश्वरीको मुलपानी नगर अस्पतालमा दीप प्रज्वलन
कपन अनलाइन
काठमाडौं, असोज २ ।“सुरक्षित स्वास्थ्यकर्मीः सुरक्षित बिरामी” भन्ने मूलनाराका साथमा बिभिन्न कार्यक्रम गरि विश्व बिरामी सुरक्षा दिवस २०२० मनाइएको छ ।विश्व बिरामी सुरक्षा दिवस २०२०को अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ स्थित मुलपानी नगर अस्पताल परिसरमा बिहिबार दीप प्रज्वलन गरिएको छ ।
यसपाली विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेकाले दिवसलाई महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउने र बिरामीको उपचारमा जोड दिइएको छ । सरकारले बिरामी र स्वास्थ्यकर्मीको मनोबल बढाउन दीपावली गरी दिवस मनाउन गरेको अनुरोध अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको नगर असपतालमा दिप प्रज्वलन गरिएको हो ।
साँझ स्वास्थ्यकर्मीको सम्मान ,कोरोना संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामनाका साथै सङ्क्रमणबाट मृत्यु भएका सम्झनामा दिप प्रज्वलन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका कोभिड फोकल पर्शन लक्ष्मी कोइरालाले कपन अनलाइन लाइ जानकारी गराइन ।
सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै सम्पूर्ण बिरामी तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूको सु-स्वास्थ्यको कामना समेत व्यक्त गरेका छन ।उनले महामारीबाट बच्न अनुशासन र सजगताको पालना गर्न आग्रह गर्दै साथै कोरोनाको प्रभावकारी उपचार, महामारी रोकथाम र नागरिकको जीवन रक्षामा खटिएका स्वास्थ्यकर्मीको प्रशंसा समेत गरेका छन।