गोकर्णेश्वरकी उप प्रमुख शान्ती नेपालले आफ्नो जन्मदिन असाहाय बाछा बाछी संग मनाइन

गोकर्णेश्वरकी उप प्रमुख शान्ती नेपालले आफ्नो जन्मदिन असाहाय बाछा बाछी संग मनाइन

कपन अनलाइन

काठमाडौं भाद्र ३०  । असाहाय बाछा बाछी संरक्षण केन्द्र गोठाटारमा खाद्यान्न तथा आर्थिक  सहयोग गरिएको छ।गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ती नेपालले भाद्र २७ गते आफ्नो जन्म दिनको अवसर पारेर  परित्यक्त र दुर्घटनामा परेका गाई,गोरु, बाछा बाछी संरक्षण केन्द्र गोठाटारमा  खाद्यान्न तथा उनीहरुको संरक्षण तथा औषधोपचारका लागि रु. ६ हजार  रुपैया सहयोग गरेकी हुन ।

उनि स्वयं उपस्थित भएर बाछा बाछी असाहय संरक्षण केन्द्रका सामाजिक अभियन्ता उत्तम पुडासैनीलाइ  सहयोग हस्तान्तरण गरिएको थियो ।

 

त्यसैगरि अभियन्ता पुडासैनीले  गोदावरी सफाई अभियन्ता बेवी राजभण्डारीबाट आफ्ना स्वर्गीय पिता बुद्धिमान राजभण्डारीको भदौ २७ गते परेको पुण्य तिथीका अवसरमा कमला राजभण्डारीबाट दाना पिठोका लागि रु. २ हजार प्राप्त भएको  भदौ २८ गते परेको प्रणव पुडासैनीको जन्मदिन र २९ गते परेको प्रज्ञान पुडासैनीको जन्मदिनका अवसरमा अबिभावक परशुराम पुडासैनीले रु. ५ हजार प्रदान गरेको,  त्यस्तै सपना सापकोटाले आफ्नो छोराको जन्मदिनका अवसरमा असहाय बाछाबाछीका लागि ३० केजी पिठो उपलब्ध  गराएको र  रजना दाहालले पनि आफ्नो जन्मदिनका अवसरमा पिठो उपलब्ध  गराएको  जानकारी गराए ।पुडासैनीले सहयोगी मनहरुलाई धन्यवाद दिदै दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।