जेसिज द्वारा गोकर्णेश्वर नगरपालिकालाइ स्वास्थ्य सुरक्षा सामग्री प्रदान

जेसिज द्वारा गोकर्णेश्वर नगरपालिकालाइ स्वास्थ्य सुरक्षा सामग्री प्रदान

कपन अनलाइन

काठमाडौं भाद्र ३०  । नेपालमा बढ्दो  कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका साथै संक्रमितहरुको उचित उपचारका गोकर्णेश्वर नगरपालिकामा निर्माण भएका आइसोलेसन वार्डलाइ आवश्यक पर्ने स्वाथ्य सुरक्षा सामग्री  हस्तान्तरण गरिएको छ  ।

शहिद तथा शान्ति पार्क निजामती  स्मारक यज्ञडोल जगडोल सामुदायिक बनमा जेसिजले  उक्त सामग्री गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाइ सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । गोकर्णेश्वर नगरपालिकामा लायन्स क्लबले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा ५० शैयाको आइसोलेसन वार्ड निर्माण गरेको छ, सोहि आइसोलेसन वार्ड तथा कोरोना रोकथाम तथा नियन्त्रणमा  सहयोग पुगोस भनेर स्वाथ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो ।

नेपाल जेसिज बर्ष२०२० का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरको  प्रमुख आतिथ्यमा  सम्पन्न भएको सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे , उप प्रमुख तथा  सुन्दरिमाई जेसिजका मानार्थ सदस्य जेसी शान्ति नेपाल, नेपाल जेसीज बर्ष २०२० को बोर्डका सल्लाहकार जेसी शिवराज खनाल, यज्ञडोल(जगडोल)सामुदायिक बनका अध्यक्ष तथा सुन्दारीमाई जेसीजका मानार्थ सदस्य जेसी सुदर्शन सिग्देल, नेपाल जेसीज राष्ट्रिय अध्यक्षका प्रमुख प्रशासकीय सहायक जेसीआई सिनेटर रबिन पोखरेल ,सुन्दरीमाई जेसीज संस्थापक अध्यक्ष जेसी कृष्ण चालिसे  लगायतको उपस्थिति रहेको थियो

तपाइँको प्रतिक्रिया ।