ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण

ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं,भाद्र ३०। ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।ज्वरो आएकाले हिजो दिउँसो ललितपुरको किस्ट अस्पताल पुगेका उनको रिपोर्ट हिजो राति नै पोजेटिभ आएको हो।उनको श्रीमतीलाई पनि संक्रमण पुष्टि भएको छ।

विश्व महामारीकोरुपमा फैलिएको कोरोना भाइरसलाई नगरमा फैलन नदिन, नियन्त्रण र रोकथाम गरी नगरबासीलाई सुरक्षित राख्न निरन्तररुपमा खटिरहँदा  आफैं कोरोना भाइरसबाट संक्रमित भई हाल उपचाररत रहेको जानकारी गराउँदै यो रोगलाई छिटै जितेर पुनः नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने उनले बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।