गोकर्णेश्वर नगरपालिका १ को सडक विस्तार तथा सिमांकनका लागि छलफलमा उपस्थित हुन अनुरोध

गोकर्णेश्वर नगरपालिका १ को सडक विस्तार तथा सिमांकनका लागि छलफलमा उपस्थित हुन अनुरोध

कपन अनलाइन  

काठमाडौं भाद्र ३०  गोकर्णेश्वर नगरपालिका वडा नं १ ले सडक सीमांकन तथा विस्तारको लागि छलफल गर्ने समबन्धमा सार्वजनिक सुचना जारी गरेको छ ।

वडा अध्यक्ष राम मानन्धर ले जारि गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं १ अन्तर्गत रहेको वी.पी चोक देखि बागमती पुल सम्मको सडक सिमांकन तथा विस्तार गर्ने कार्यका लागि छलफल गर्नु पर्ने भएकोले सो सडक अन्तर्गत पर्ने समबन्धित जग्गा धनिहरुलाई सडक सिमांकन तथा विस्तार गर्ने कार्यको लागि २०७७ साल असोज २ गते बिहान ७ बजे वी.पी चोकमा उपस्थित भई सहयोग गर्न सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।