शिक्षक दरवन्दी मिलान तत्काल बन्द गर्न नेपाली कांग्रेसको माग

शिक्षक दरवन्दी मिलान तत्काल बन्द गर्न नेपाली कांग्रेसको माग

कपन अनलाइन

काठमाडौं ,भाद्र २९।

दरवन्दी मिलान तत्काल बन्द गर्न नेपाली कांग्रेसको माग गरेको छ। भाद्र २७ गते बसेको  नेपाली कांग्रेस शिक्षा विभागको  बैठकले दरवन्दी मिलानको विषयलाई महत्वपूर्ण प्रस्तावका रुपमा राख्दै १२३ स्थानीय तहको अवस्थालाई हेरेर सो विषयलाई अगाडी नबढाउन माग गरेको छ।

शिक्षा विभागका प्रमुख हरि प्रसाद नेपालको अध्यक्षतामा बसेको बैठकले रास्ट्रिय दरवन्दी मिलान कार्यदलकोको सुझाव अनुसार ५६ हजार शिक्षकको दरवन्दी व्यवस्था नगरी विशेष प्रकृतिका राहत शिक्षक समेत पिडित हुनेगरी ल्याएको व्यवस्था रोक्नुपर्ने माग गरेको छ।

विश्व विद्यालयमा रहेका सम्पूर्ण  रिक्त स्थानमा पदपूर्तिको माग गर्दै बैठकले स्थानीय तहलाई जिम्मा लगाएर आधारभूत र माध्यमिक तहको जिम्मेवारी बाट संघीय सरकार उम्कन नपाउने निर्णय गरेको छ।

 

तपाइँको प्रतिक्रिया ।