लुडेखाेला पुल निर्माण असोज पहिलो हप्ता बाट शुरु हुने

लुडेखाेला पुल निर्माण असोज पहिलो हप्ता बाट शुरु हुने

कपन अनलाइन

काठमाडौं ,भाद्र २९। कञ्चन खड्का / प्रनेल महर्जन / आरजु खड्का

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा रहेको लुड़ेखोला पुल निर्माणका लागि छलफल गरिएको छ। बुढानिलकण्ठ नगरपालिका   वडा न. ६ काे समन्वयमा बागमति प्रदेशका सदस्य  दिपक निरौलाको सहयोगमा प्रदेश सरकारबाट आव २०७७/७८ बिनियोजित बजेटले निर्माण गरिने सो पुल वडा न. ६/४  ईटालिटार हुदै वडा न ४ पासिकोट तर्फ जाने बाटोमा रहेको छ।

उक्त क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको उक्त पुल चाडै नै निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेसका प्रदेस सभा सदस्य निरौलाकोको उपस्थितिमा  वडा अध्यक्ष राजु खड्का, वडा सदस्य श्रीराम केसी  र  वडा नं ६  का वडा अध्यक्ष नवीन केसी, बुनपाका इन्जिनियर दिपक भण्डारी , नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोल,निर्माण कम्पनिका प्रतिनिधिहरु, स्थानिय जग्गाधनी र टोलबासीहरुसंग तत्काल   काम शुरु गर्ने वारेमा  छलफल गरिएको थियो।

सो छलफल पश्चात ठेक्का प्राप्त गरेको कंडेल निर्माण सेवाका प्रतिनिधि ले तत्काल निर्माण शुरु गर्ने प्रतिवदत्ता ब्यक्त गरेका थिए। कोरोनाको माहामारीको कारणले गर्दा काम रोकिएको काम  असाेजकाे पहिलो हप्ता देखिनै काम सुरु हुने भएको छ।

(कञ्चन खड्का / प्रनेल महर्जन / आरजु खड्का सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।