टोखा नगरपालिकामा मौलिक नाम संरक्षण अभियान शुरु
कपन अनलाइन
काठमाडौं ,भाद्र २९।
‘साँस्कृतिक संरक्षित क्षेत्र टोखा’मा रहेका स्थानीय मौलिक नाम संरक्षण अभियान टोखा नगरपालिका वडा नं ३ मा सुरु भएको छ ।
सो क्षेत्रमा बस्ती विस्तार सँगै स्थानीय मौलिक नामलाई ओझेलमा पारेर आफुखुशी नाम राख्ने कार्य तिव्र भैरहेको बेला स्थुल टोल विकास संस्थाले स्थानीय मौलिक नाम अंकित वोर्ड राख्ने कार्यको सुरुवात् गरेको हो ।
यसै क्रममा सोमबार विहान स्थुल टोल विकास संस्थाले खुँ पाचाबाट उक्त स्थानीय मौलिक नाम अंकित वोर्ड राख्ने कार्यको शुभारम्भ गरिएको संस्थाका उपाध्यक्ष नवीन कुमार डंगोलले बताएका छन ।
टोखा-३ का वडाअध्यक्ष सिंहराज श्रेष्ठले स्थानीय मौलिक नामलाई ओझेल पार्ने काम भैरहेको बेलामा स्थुल टोल विकास संस्थाले सुरु गर्नेको अभियान निकै नै प्रशंसनीय भएको भन्दै वडा कार्यालयले यसमा सहकार्य गरेर अगाडि बढ्ने बताए ।उक्त वोर्डमा रञ्जना लिपि तथा देवनागरिक लिपिमा नाम लेखिएको छ ।फोटो सौजन्य : न्युज अफ टोखा
