कागेश्वरी मनोहरा नगरपालिकामा ५० जना कोरोना संक्रमित थपिए

कागेश्वरी मनोहरा नगरपालिकामा ५० जना कोरोना संक्रमित थपिए

कपन अनलाइन

काठमाडौं, भाद्र २९।कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ मा रहेको मुलपानी नगर अस्पतालमा आज ८१ जना पुरूष र ४६ जना महिला गरि १२७ जनाको पिसीआर परिक्षणको लागि स्वाब संकलन गरिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराएका छन् । त्यसैगरि उनले भाद्र २६ गते  कागेश्वरी मनोहरा नगरपालिकामा २३३जनाको कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएका  मध्ये ५० जनामा कोरोना पोजेटिभ भेटिएको जानकारी गराए। उनले निषेधाज्ञा खुकुलो भए पनि कोरोना संक्रमणको जोखिम बाट बच्न स्वास्थ्य सुरक्षाका माप दण्ड अपनाउन आम नगर तथा वडाबासी लाइ अपिल गरेका छन ।

निषेधाज्ञा खुल्यो भनेर हेलचेक्र्याइँ नगर्न बिना काम भिड भाडमा नजान ,जानै परे पनि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन अनुरोध गर्दै घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउन  र सम्भव भएसम्म २ मिटरको दुरी कायम गरि बिशेष सतर्कता अपनाउन पनि अनुरोध गरेका छन्। उनले यो संक्रमण हेलचेग्राइ गर्ने बिषय  नभएको भन्दै आम नगरबासीहरुलाई अत्यन्तै साबधानी पुर्बक सुरक्षित रहन अपिल गरेका छन  ।

 

तपाइँको प्रतिक्रिया ।