कृषि यन्त्रीकरण उपकरण खरिद गर्ने बारे गोकर्णेश्वर ३ को सार्वजनिक सुचना

कृषि यन्त्रीकरण उपकरण खरिद गर्ने बारे गोकर्णेश्वर ३ को सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं भाद्र२९ ।गोकर्णेश्वर नगरपालिका वडा नं ३ ले कृषि यन्त्रीकरण उपकरण खरिद गर्ने बारे सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जारि गरेको उक्त सुचनामा कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र ललितपुर को मिति २०७७ साल भाद्र २५ मा प्राप्त पत्र अनुसार त्यस ज्ञान केन्द्र ललितपुरको आर्थिक वर्ष २०७७/७८को स्वीकृत बार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा कृषि यन्त्रीकरण उपकरण खरिद गर्ने कार्यक्रम रहेको हुँदा गोकर्णेश्वर नगरपालिका वडा नं ३का इच्छुक कृषि फर्म, कृषक समुह तथा सहकारीहरुलाई आसोज २९ गते बाट ३० दिन भित्र २०७७ असोज २३ गते सम्ममा कार्यालय समय भित्र कृषि ज्ञान केन्द्र ललितपुरमा सम्पर्क गर्न सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।

आवश्यक कागजातहरु

 १) रु १०को टिकट टाँस गरेको निवेदन।

 २) मेशिनरी औजार संचालन तथा मर्मत समबन्धि तालिम लिएको भए सो को प्रमाणपत्रको प्रतिलिपि ।

३) आधिकारिक दर्ताप्रमाण पत्र को प्रतिलिपि ।

४) संस्था नवीकरणको प्रमाणपत्रको प्रतिलिपि वा कम्पनि रजिस्ट्रारको कार्यालय बाट गरिने कम्पनि आवधिक भएको पत्र ।

५) साझेदारको PNA वा VAT प्रमाण पत्रको प्रतिलिपि ।

६ )साझेदारीले निर्णय प्रतिलिपि समूह/ सहकारीको लागि ।

७ ) साझेदारीले अनुदान प्रकियाको लागि जिम्मेवारी दिई खटाउने  पदाधिकारीहरुलाई अख्तियारी पत्र ।

८ ) अधिकार प्राप्त पदाधिकारीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र फोटो १ प्रति पासपोर्ट साइजको ।

 

तपाइँको प्रतिक्रिया ।