अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षका लागि निरन्जन पुडासैनीको दरखास्त

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षका लागि निरन्जन पुडासैनीको दरखास्त

कपन अनलाइन

काठमाडौं ,भाद्र २९।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्षका लागि निरन्जन पुडासैनी दरखास्त दिएका छन। नेपाल सरकार शहरी विकास मन्त्रालयले सो पदका लागि दरखास्त दिनका लागि भाद्र ११ गते प्रकासित गरेको सुचना अनुसार पुडासैनीले दरखास्त दिएका हुन्।

पुडासैनी मैत्री समाजका केन्द्रीय महासचिव रहेका पुडासैनी नमुना बौद्ध चेस क्लवका अध्यक्ष रहेका छन। बागमती पिडित संघर्ष समितिका अध्यक्षका रुपमा सक्रिय रहेका उनले बागमती सभ्यता संरक्षण र प्रवर्धनका लागि विभिन्न संघ संस्थामा रहेर कार्य गरेका छन।

उक्त समितिको अध्यक्षमा दरखास्त दिएका पुडासैनीले मुवाब्जा विवाद समाधान ,जल सुद्दिकरणमा मौलिक तरिकाको प्रयोगका साथै सुकुम्वासी व्यवस्थापन लगायतका विषयमा जोड दिने बताउदै सो क्षेत्रको धार्मिक र पुरातात्विक संरचनाको संरक्षण र प्रवर्धनलाई प्राथमिकतामा राख्ने बताएका छन।

सो समितिको नेतृत्व गर्ने अवसर पाएको खण्डमा सो क्षेत्रमा देखिएका समस्या समाधानमा स्थानीयहरुको प्रत्यक्ष सहभागिता गराउने प्रयास गर्ने बताउदै पुडासैनीले स्थानीयहरुको रोजगार प्रवर्धन र काठमाडौंका विष्णुमति ,रुद्रमती ,टुकुचा लागयतका नदीहरुको सुद्दिकरणका लागि पनि विशेष कार्यक्रम संचालन गर्ने योजना बनाउने बताएका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।