लायन्स क्लब  अफ काठमाडौं  बुढानीलकण्ठ नेवा पुचः द्वारा विपन्न तथा मजदुरी गर्नेहरुलाई खाद्यान वितरण

कपन अनलाइन

काठमाडौं ,भाद्र २९।

लायन्स क्लब इन्टरनेशनल ३२५ ए वान अन्तर्गत रहेको लायन्स क्लब  अफ काठमाडौं  बुढानीलकण्ठ नेवा पुचः ले विपन्न तथा मजदुरी गर्दै आएका परिवारलाई खाद्य सामाग्री विरतरण गरेको छ।

स्थानिय जनप्रतिनिधी, राजनीतिकर्मी, समाजसेवीहरुको विशेष सहयोगमा वडा नम्वर १३ संगको समन्वयमा खाद्य सामाग्री वितरण गरिएको हो। विभिन्न सामाजिक कार्य गर्दै आएको उक्त क्लवले लायन्स क्लब इन्टरनेशनल ३२५ ए वानले स्थापना गरेको फुड बैँक अन्तर्गत विपन्न तथा मजदुरी गर्दै आएका परिवारलाई खाद्य सामाग्री विरतरण गरिएको  प्रेसिडेन्ट श्रीकृष्ण श्रेष्ठ (आयन) ले बताएका छन  ।

श्रावण  १६ देखि २० गतेसम्म वितरण गरिएको उक्त खाद्य सामाग्री बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३, चुनिखेलमा रहेका  विपन्न तथा मजदुरी गर्दै आएका व्यक्तिहरुको पहिचान गरि  वितरण गरिएको क्लवका  भाईस-प्रेसिडेन्ट विकास श्रेष्ठले जानकारी दिएका छन।

उक्त क्लव द्वारा श्रावण १६ गते ३१ जना, १७ गते ४३ जना, १८ गते ८३ जना, १९ गते १०५ जनालाई प्रति व्यक्ति ५ केजी चामल, दाल, नुन वितरण गरिएको थियो भने २० गते ५ परिवारलाई खाद्य सामाग्री वितरण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।