गोकर्णेश्वर नगरपालिका ४ ले हिउँदे सिजनका लागि तरकारीको बिउ तथा बेर्ना वितरण गर्यो

गोकर्णेश्वर नगरपालिका ४ ले हिउँदे सिजनका लागि तरकारीको बिउ तथा बेर्ना वितरण गर्यो

कपन अनलाइन

काठमाडौं ,भाद्र २९ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले निशुल्क बिउ तथा बेर्ना  वितरण गरेको छ। गोकर्णेश्वर नगरपालिकाको कृषि शाखाले बार्षिक रुपमा सिजन अनुसार बिउ बिजन तथा कृषि सामग्री वितरण गर्दै आएको र यस पटक पनि हिउँदे सिजनका लागि तरकारीका बिउ तथा बेर्ना कृषकहरुलाई वडा कार्यलय बाट बितरण गरिएको हो ।

वडा बाट इच्छुक कृषकहरुलाई सामाजिक दुरी कायम गरि हिउदे सिजनका बिउ करिब तीन सय मिनी किट, काउलीको बेर्ना ४ हजार र बन्दागोभीको बेर्ना करीब एक हजार वितरण गरिएको वडा  सचिब नवराज सेनले कपन अनलाइन लाइ जानकारी गराए। कोरोना महामारीको संत्रासका बीच आन्तरिक उत्पादन लाई बढवा दिन कृषकहरुलाई बिउ-बिजन वितरण गरिएको उनले बताए  ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ कृषिको लागि उर्भर भएको र कृषकहरुलाई वडाले बिभिन्न समयमा  कार्यक्रम समेत गर्दै आएको वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए। उनले कृषकहरुको लागि करेसाबारी तथा कौसी खेति सहित फोर्होर व्यवस्थापनको लागि मल बनाउने तालिम समेत प्रदान गर्दै आएको जानकारी दिदै सो तालिमको समेत सदुपयोग गर्नको लागि कृषकहरुलाई अनुरोध गरेका छन ।

 कोरोना सन्त्रासका बीच दिनभरी घरमै  बसिरहनु भन्दा कौसी तथा करेसाबारी तरकारी खेती तालिम लाइ सदुपयोग गर्दै खालि भएको जग्गा तथा जग्गा नहुनेले छतमा कौशी खेती गरी आत्मनिर्भर बन्ने र बाहिर बाट आउने उत्पादन प्रयोगमा कम गर्दै छतमा पनी खेती सम्भब छ भनेर प्रमाणित गरेर देखाउने अवसरको रुपमा लिनु पर्ने उनले बताए ।बिउ तथा बेर्ना वितरण कार्यमा गोकर्णेश्वर ४ का  स्वयं सेवकहरुले समन्वयकारी भूमिका खेलेका थिए

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।