Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/119161942_2730758680584928_8145304509814288218_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बुढानिलकण्ठ वडा नं २ मा सचेतना फैलाउदै नेकपाका स्वयंसेवक

कपन अनलाइन

काठमाडौं ,भाद्र २९ । निशा बराल /शिरिष पौडेल

कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको लागी अभियान संचालन गरिरहेको नेकपा बुढानिलकण्ठका स्वयमंसेवकले  वडा नं २ मा सचेतना मुलक अभियानमा सक्रिय बनेका छन। केही दिन जनचेतना र मास्क वितरणको कार्यक्रम संचालनमा ल्याएर वडाका स्वयमंसेवकहरु वडा नं २ का  विभिन्न क्षेत्रमा खटेका छन् ।

नेकपा वडा नं २ का अध्यक्ष सुरेश राईका अनुसार नगर कमिटिको निर्देशनमा वडा नं २ का स्वयमंसेवक कोरोना प्रकोप नियन्त्रणका लागी सचेतना कार्यक्रम सहित मास्क वितरण गरिरहेको बताएका छन् ।

यसका साथै उनले वडा बासिहरुलाई नेकपा नगर कमिटि नगरवासिको सहयोगको लागी हरबखत तयार रहेको र सहयोगको आवस्यक परेमा आफ्नो वडाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न आग्रह गरेका थिए  ।

सचेतना फैलाउने क्रममा नेकपा वडा कमिटि सचिव राजेन्द्र श्रेष्ठले सबैजनालाई सचेत र सजग रहन आग्रह गर्दै र यसबाट बच्न अनिवार्य रूपमा मास्क को प्रयोग गर्न र भौतिक दुरी कायम गर्न अभिप्रेरित गरेका छन् । नेकपा बुढानिलकण्ठ नगर कमिटिले नगरपालिकाको १३ वटै वडाहरुमा स्वयमंसेवक परिचालन गरिरहेको छ ।

(निशा बराल /शिरिष पौडेल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।