किन समस्यामा परिरहेछ कपन जोरधारा ?

किन समस्यामा परिरहेछ कपन जोरधारा ?

कपन अनलाइन

काठमाडौं ,भाद्र २९।

बुढानिलकण्ठ नगरपालिकाका वडा नं १० ,११ र १२ कपन क्षेत्रका एक हजार भन्दा बढी घर धुरीलाई खानेपानीको सुविधा उपलव्ध गराउदै आएको कपन जोरधारा खानेपानी संरक्षण संस्था अहिले धेरै समस्याहरु संग जुधिरहेको छ। खानेपानीको अत्याधिक माग भइरहेको समयमा यस संस्थाले क्षेत्र विस्तार भन्दै थप बोरिङ खन्ने योजना असफल भए संगै यो विषय अहिले निकै चर्चामा रहेको छ।

सो संस्थाले हाल एउटा मात्र बोरिङ बाट खानेपानीको वितरण गर्दै आएकोमा थप विस्तारका लागि अर्को बोरिङ खन्नलाई सम्पूर्ण तयारी गरिसकेर मेसिन समेत आइपुगेको अवस्थामा स्थानीयहरुको विरोध भए पछी सो कार्य रोकिएको थियो।

कपन जोरधारा खानेपानी संस्थाले आयोजना रहेको स्थलमा निर्माण गरिएको प्रतिमा र अन्य संरचना भत्काएर बोरिङ खन्ने तयारी गरे पनि सो सफल हुन् नसकेपछि उक्त स्थानको विजोगका वारेमा कपन अनलाइनले लेखेको समाचारमा संस्थाका पदाधिकारी र अन्य स्थानीयहरु बाट विभिन्न प्रतिक्रिया समेत व्यक्त गरिएको छ।

बुढानिलकण्ठ नगरपालिकाका धेरै योजना तथा परियोजना र संघ संस्थामा समेत राजनीतिको प्रभाव र दवावले काम गर्न समस्या परिरहेको भनेर वेला वेलामा  चर्चा परिचर्चा हुने गरेको छ।    तर यो संस्थामा भने सबै राजनीतिक दलको प्रतिनिधित्व रहेको छ। खानेपानी जस्तो अत्यावस्यक कुरामा सबैको सामुहिक पहल आवस्यक हुन्छ भनेर सो संस्थाको साधारण सभा बाट दलीय प्रतिनिधित्वका आधारमा नेतृत्व चयन गरिएको थियो।

हाल उक्त संस्थाको नेतृत्व नेकपाका ठाकुर प्रसाद खकुरेलले गरेका छन भने उनलाई प्रथम  उपाध्यक्षका रुपमा नेपाली कांग्रेसका टंक सापकोटाले साथ दिदै आएका छन। त्यस्तै सो संस्थाको दितीय उपाध्यक्षमा नेकपाका शालिक राम भट्टराई रहेका छन भने तृतीय उपाध्यक्षमा नेपाली कांग्रेसका नेता रामप्रसाद लुइँटेल रहेका छन। यो प्रतिनिधि नामहरु कपन क्षेत्रको राजनीतिमा स्थापित नामहरु हुन्।

दुई वटा ट्युब वेल बाट शुरु भएको सो योजना विस्तार हुदै गएर कपन क्षेत्रका सयौ घरमा खानेपानी उपलव्ध गराउन सफल उक्त संस्थाको महत्व र क्षेत्र विस्तार हुदै गए संगै यसका संस्थापकहरुलाई किनारा लगाउदै राजनीतिक नेतृत्वमा समिति गठन भएको थियो।

तर अहिले राजनीतिक नेतृत्व रहेको सो संस्थामा एक पछी अर्को समस्या बढ्दै गए संगै यसका कारणहरुका वारेमा चर्चा शुरु भएको छ। यस क्षेत्रका स्थापित राजनीतिक व्यक्तित्वहरुको सक्रिय सहभागिता रहेको सो संस्थामा किन पटक पटक समस्या सृजना भएको छ भन्ने वारेमा विभिन्न कोण बाट बहस शुरु भएको छ।

राजनीतिक सहमतिको नमुना बनाएको दावी गर्दै निकै ठुला ठुला भाषण र वक्तव्य दिनेहरु नै अहिले बिलखबन्दमा परेर आफै प्रश्न गर्ने अवस्थामा पुगेको कपन जोरधारा खानेपानी संस्था पुग्नु पछाडिका कारणहरुको वारेमा गम्भीर र खुल्ला बहस गर्नुपने वेला आएको एक उपभोक्ता बताउछन।

यस संस्थाले सामना गर्नुपरेको समस्याका वारेमा स्वयम् संस्थाकै पदाधिकारीहरुले प्रश्न गरेका छन भने कोहि आरोप प्रत्यारोप मै उत्रिएका छन। कपन जोरधाराको बिजोग शिर्षकमा प्रकासन भएको समाचारमा आफ्नो प्रतिक्रिया दिदै संस्थाका प्रथम उपाध्यक्ष टंक सापकोटा लेख्छन :

पहिलो चरणमा जोरधाराको पुरानो कार्यालय सङ्गै रहेको खाली जग्गामा बोरिङ गर्न लाग्दा केही ब्यक्तिहरुको हुलहुज्जत बाट बोरिङ गर्ने कार्यमा अबरोध गरियो र त्यस  पश्चात् जोरधाराले आफ्नो कम्पाउण्डको सम्रचना भत्काएर अर्को पटक बोरिङ गर्ने कार्य गर्न थाल्दा कुनै पार्टीका २/४ जना   र लठैत कार्यकर्ताहरुको अबरोधको कारण आज यो भग्नाबेसको अबस्थामा रहेको जानकारी गराउदछु।

त्यस्तै सोहि समाचारमा संस्थाका महासचिव कुमार कसजु श्रेष्ठले सत्य तथ्य बुझेर समाचार लेख्न सुझाव दिएका छन भने तृतीय उपाध्यक्ष राम प्रसाद लुइँटेल लेख्छन :

एउटा मात्र बाेरिङ छ दुईवटा बाेरिङ गराैं न भन्ने कुरा आयाे हामीले बाेरिङ काे पहल गराैं तब बाेरिङ गर्ने बेला भयाे तब विवाद भयाे, काेहिकाे लिखित छ काेहिकाे माैखित छ उजुरी काेहि भन्न थाले १०  मा बाेरिङ गरेर ११ र १२  पानी खुवाउन हुदैन काेहि भन्न थाले जाेरधारामा बाेरिङ गर्न हुदैन भन्न थाले छिटै के कारण ले बाेरिङ भए न भन्ने आउला आशाबादी छाै।

त्यस्तै उनले बागमती प्रदेसका मुख्यमन्त्रीलाई यस संस्थामा समस्या रहेको भनेर  कुरा लगाएको समेत आरोप लगाएका छन तर कसले लगायो भन्ने चाहि खुलाएका छैनन्

त्यस्तै उनीहरुको कमेन्टमा सो संस्थामा लामो समय सक्रिय रहेका बासु बस्नेतले ” बिजोग हुनुमा राजनितीक असबन्ड नमिलेको हो भन्छन् बाडेर लिएकै हुन मिलेर बोरिङ गर्नै पर्ने हो नत्र दलहरुको के काम ?” भनेर प्रश्न गरेका छन भने स्थानीय युवा बद्री भट्टराईले “हाहाहाहा कपनकाे राजनीति , माग्ने स्वभाव हावी छ । भाञ्छे बनाए पनि माग्ने नै हैसियत हुन्छ रे कपनकाे नियति ” भन्दै व्यंग्य गरेका छन।

यी माथिका प्रतिनिधि आवाज मात्र हुन् वास्तविक रुपमा यसको मारमा करिव १ हजार घरधुरी र त्यसमा रहेका स्थानीयहरु परेका छन। मासिक शुल्क तिरेर पनि यथेस्ट खानेपानी प्रयोग गर्न नपाएर सो संस्थामा नाम लेखाउदै पानी किन्ने गरेका उपभोक्ताहरु विच पनि अहिले संस्थाको दिगोपन र सेवा प्रवाहका वारेमा निकै असन्तुस्टी बढ्दै गएको एक पुर्व सदस्य बताउछन।

  स्थानीय जनताको श्रम ,पसिना को बलमा नेपाल सरकार,प्रदेस सरकार र संघीय सरकारको करोडौको लगानीमा रहेको सो संस्था एउटा बोरिङ समेत खन्न नसक्ने बन्नुमा के कारण छ ? त्यसको गम्भीरतापुर्वक खोजी गर्नुपर्ने आवस्यकता रहेको एक पुर्व अधिकारीले बताएका छन।खानेपानी विस्तार गर्ने जस्तो महत्वपूर्ण काममा संस्थाले अझै बृहत पहल गर्नुपर्ने बताउदै उनले यस्तो संवेदनशील विषयमा संघीय र प्रदेस सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुले सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन।

दैनिक रुपमा खानेपानीको माग बढ्दै गएको अवस्थामा भएको संरचना भत्काएर बोरिङ खन्ने तयारीमा रहेको सो संस्थाले तत्काल थप बोरिङ गर्न नसकेमा खानेपानी उपलव्ध गराउनका लागि निकै ठुलो चुनौती हुने बताउदै संस्थाका एक पदाधिकारीले त्यस पछीको विकराल अवस्था सामना गर्न संस्था तयार हुनुपर्ने तर्फ सचेत रहनुपर्ने बताएका छन

ति पदाधिकारी झैँ सो संस्था स्थापना भए देखिने उपभोक्ता रहेका एक व्यक्ति भन्छन ,” सानो समुहले विरोध गर्दैमा पुरै परियोजना नै रोक्नुपर्ने कमजोर अवस्थामा रहेको संस्था हैन कपन जोरधारा,तर खै किन हो ? अहिले सानो विरोधको आडमा बेहाल बनेको देख्दा निकै आश्चर्य लागेको छ।”

   

 

 

तपाइँको प्रतिक्रिया ।