भङ्गाल युवा क्लब  बुढानिलकण्ठ -२ मा नयाँ कार्यसमिति चयन

भङ्गाल युवा क्लब  बुढानिलकण्ठ -२ मा नयाँ कार्यसमिति चयन

कपन अनलाइन 

काठमाडौं ,भाद्र २९।

भङ्गाल युवा क्लब  बुढानिलकण्ठ नगरपालिका वडा न.२ को अधिवेशनले  नयाँ कार्यसमिति चयन गरेको छ।

क्लबका निवर्तमान अध्यक्ष दिपेन्द्र थापाको अध्यक्षता  र बुढानिलकण्ठ नगरपालिका वडा नं  २ का वडा अध्यक्ष राजेन्द्र खड्काको प्रमुख आतिथ्यतामा भएको  अधिवेशनले अरुण थापाको अध्यक्षतामा  उपाध्यक्ष नबिन पन्डित ,सचिव प्रभल लामिछाने,कोषाध्यक्ष अशिम लामिछाने ,उपसचिव  निता खड्का ,सदस्यहरुमा क्रमशः कोपिला लामिछाने,आयुश लुईटेल ,प्रजोल थापा ,दिपेस खत्री , साधना गौतम र प्रेक्ष्या पन्डित रहेको कार्यसमिति चयन गरेको हो ।

क्लवका  निवर्तमान अध्यक्ष  दिपेन्द्र थापाले आफू कार्यसमितिमा रहदाको अनुभव साटदै आगामी दिनमा नयाँ कार्यसमितिले गर्ने कार्यहरुमा समेत साथ सहयोग रहने  बताउदै नयाँ  कार्यसमितिका सबै पदाधिकारीहरुलाइ बधाइ एवम शुभकामना व्यक्त गरेका थिए  ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष राजेन्द्र खड्काले भङ्गाल युवा क्लबले गरेका कामहरुको प्रसंशा गर्दै सामाजिक कार्यमा थप सक्रिय हुन् आग्रह गरेका थिए

तपाइँको प्रतिक्रिया ।