टोखा नगरपालिकामा कोरोना संक्रमितको शंख्या ४२९ पुग्यो

टोखा नगरपालिकामा कोरोना संक्रमितको शंख्या ४२९ पुग्यो

कपन अनलाइन

काठमाडौं ,भाद्र २९/शोभा तामाङ

२०७७ भदौ २३ गतेसम्म गरिएको PCR परिक्षणको नतिजा प्राप्त भएको छ। उक्त नतिजा अनुसार आज थप ४७ जना गरि जम्मा संक्रमितको संख्या ४२९ पुगेको छ।

संक्रमितहरु आज १६ जना निको भइ सामान्य अबस्थामा फर्किएका छन् भने निको हुनेको संख्या २१४ पुगेको छ।

टोखा नगरपालिका भरीमा आजसम्म ३ जना कोरोना पोजेटिभ देखिएकाहरुको मृत्यु भएको छ भने २१२ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । आज पहिचानमा आएका ४७ जना संक्रमितहरुको कन्ट्रयाक्ट ट्रसिङमा ३१ जना ब्यक्तीहरुको पहिचान गरिएको छ भने छिट्टै उहाँहरुको PCR परिक्षण गरिने भएको छ।

वडा-६ को मंगला देखि भवनमा १११ जना र वडा-८ को जालपा चोक पुस्तकालयमा १०० जना गरि जम्मा २११ जना कन्ट्रयाक्ट टेसिङमा पहिचान गरिएकाहरुको स्वाव संकलन गरिएको छ साथै टोखा-२ मा स्थापना गरिएको आइसोलेसन केन्द्रमा भदौ २६ गते १ जनालाइ रिफर गरिएको छ। जसबाट उक्त आइसोलेसन केन्द्रमा जम्मा १० जना संक्रमितहरु राखिएका छन्।

टोखा नगरपालिकाका  विभिन्न वडाहरुमा हालसम्म PCR पोजेटिभ आएका संक्रमितहरु रहेको विवरणहरु निम्न रहेको छ :
वडा २ -१३ जना
वडा ३ -४० जना
वडा ४ -३४ जना
वडा ५ -४९ जना
वडा ६-४७ जना
वडा ७-५५ जना
वडा ८-४२ जना
वडा ९-१७ जना
वडा १०-४१ जना
वडा ११-५१ जना

तपाइँको प्रतिक्रिया ।