बागमती प्रदेशका १२ गाउँपालिकामा रहेका घरहरुलाई खरको छानो मुक्त बनाउने कार्यक्रम शुरु

बागमती प्रदेशका १२ गाउँपालिकामा रहेका घरहरुलाई खरको छानो मुक्त बनाउने कार्यक्रम शुरु

कपन अनलाइन 

काठमाडौं ,भाद्र २८।

बागमती प्रदेस सरकारले प्रदेसका १२ गाउँपालिकामा रहेका घरहरुलाई खरको छानो मुक्त गराउने भएको छ।

बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले आ.व. २०७७/७८ मा प्रदेशभरीका गाँउपालिकामध्ये मानव विकास सूचकाङ्कमा सबैभन्दा कमअङ्क भएका १२ गाँउपालिकालाई खरको छानामुक्त गराएर टिनको छातामा रुपान्तरण गर्ने कार्यक्रम शुरु गरेको छ ।

चुहिने छानो, आगलागी, हावाहुरी र विपद् बाट जनतालाई जोगाउन बागमती प्रदेश सरकारले यसै आव.मा ४ करोड रूपैया विनियोजन गरेको छ। प्रदेस सरकारले  छनोटमा परेका लाभग्राही परिवारलाई टिनको छाना उपलब्ध गराउन प्रत्येक गाँउपालिकालाई २५ लाखका दरले रकम उपलब्ध गराउने व्यवस्था मिलाईएको छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सम्बन्धित निर्वाचन क्षेत्रको प्रदेश सभा सदस्यको संयोजकत्वमा अनुगमन तथा मुल्याङ्कन समिति र सम्बन्धित गाँउपालिका अध्यक्षको अध्यक्षतामा लाभग्राही/निवेदक छनौट समिति रहने व्यवस्था “खरको छानोमुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन मापदण्ड २०७७” मा गरिए अनुसार तल रहेका गाउँपालिकामा यो कार्यक्रम संचालन गरिनेछ।

खरको छानोमुक्त बागमती प्रदेश कार्यक्रम अन्तर्गत पर्ने गाँउपालिकाहरु:
१.घ्याङलेख गाँउपालिका – सिन्धुली
२.फिक्कल गाँउपालिका -सिन्धुली
३.मरिण गाँउपालिका- सिन्धुली
४.हरिहरपुरगढी गाँउपालिका – सिन्धुली
५.गौरीशंकर गाँउपालिका-दोलखा
६.बिगु गाँउपालिका -दोलखा
७.पाँचपोखरी थाङ्पाल गाँउपालिका – सिन्धुपाल्चोक
८.हेलम्बु गाँउपालिका- सिन्धुपाल्चोक
९.नौकुण्ड गाँउपालिका-रसुवा
१०.आमाछोदिङमो गाँउपालिका-रसुवा
११.खनियाबाँस गाँउपालिका – धादिङ
१२.रुविभ्याली गाँउपालिका – धादिङ

तपाइँको प्रतिक्रिया ।