शंखरापुर नगरपालिकामा एक जना कोरोना संक्रमित थपिए
कपन अनलाइन
काठमाडौँ, भाद्र २८ ।शंखरापुर नगरपालिका कोरोना भाइरस मुक्त भएको केही दिन नबित्तदै फेरि थप एक जनामा कोरोना संक्रमण देखिएको छ।शंखरापुर नगरपालिका वडा नं. १ चापाबोटकि अन्दाजी २४ वर्षिय युवतीको पि.सि.आर. रिपोर्ट पोजेटिभ आएको शंखरापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाईंले जानकारी गराएका छन।
प्रमुख चापागाईंका अनुसार छोरालाइ आगोले पोलेको उपचार गराउन सुस्मा कोइराला अस्पताल साखुमा आएकी उक्त युवतीमा कोरोना पोजेटिभ देखिएको हो। उनको रिपोर्ट पोजेटिभ आए पनि छोराको रिपोर्टभने नेगेटिभ आएको उनले जानकारी गराउदै हाल उक्त युवती अस्पतलकै आइसुलेसनमा रहेको उनले बताए । यो संगै शंखरापुरमा कोरोना भाइरस संक्रमितको संख्या २१ पुगेको छ। जस मध्य २० जना निको भै घर फर्किसकेका छन ।
तपाइँको प्रतिक्रिया ।