कोरोना पराजित गरेर चाडै सेवामा फर्कनेछु: डा. प्रकाश पोखरेल
कपन अनलाइन
काठमाडौँ, भाद्र २८ । सामाजिक तथा मानवीय क्षेत्रमा क्रियाशील डा. प्रकाश पोखरेल कोरोना संक्रमित भएका छन। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको लक डाउन तथा निषेधाज्ञा अवस्थामा गोकर्णेश्वर लगायतका बिभिन्न स्थानमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका उनि शनिबार संक्रमित भएको पुष्टि भएको हो ।संक्रमण पुष्टि भए संगै उनि अहिले ओम अस्पतालको आइसोलेसनमा रहेका छन।
अग्रमोर्चामा रहेर कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा सक्रिय रहेका पोखरेल कोरोना संक्रमण देखिए संगै अहिले अस्पतालको आइसोलेसनमा बसेका हुन।अलिकति खोकी बाहेक अन्य कुनै पनि किसिमको लक्षण नरहेको र स्वास्थ्य अवस्था ठिक रहेको बताउदै पोखरेलले कोरोनालाई पराजित गर्न सक्ने आत्म बिश्वास आफु संग रहेको बताएका छन ।
कपन अनलाइन संग कुरा गर्दै उनले केहि दिन अगाडी वीर अस्पतालमा गरेको परिक्षण नेगेटिभ आएको र पुन ओम अस्पतालमा पिसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनले बताए । उनले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै चाडै कोरोना जितेर काममा सक्रिय हुने उनले बताए । उनले निरन्तर जनताको लागि अग्रमोर्चामा रहेर स्वास्थ्य सेवामा जुट्दा कतिबेला संक्रमित भएछु थाहा नै भएन, उनले भने।
यो संक्रमण हेलचेग्राइ गर्ने बिषय होइन रहेछ भन्दै उनले सबैलाइ अत्यन्तै साबधानी पुर्बक सुरक्षित रहन अपिल गरेका छन । कोरोना प्रकोपको जोखिम निकै बढेको अवस्थामा सचेतना र सजगता आवस्यक रहेको भन्दै डा. पोखरेलले आफु जस्ता अग्रमोर्चाका योद्धाहरु यस विरुद्ध लडन लागिरहेको वेला सबै जनाले स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न अनुरोध गरेका छन।