बुढानिलकण्ठ -१२ मा सार्वजनिक सौचालय निर्माणका लागि टेन्डर आव्हान

बुढानिलकण्ठ -१२ मा सार्वजनिक सौचालय निर्माणका लागि टेन्डर आव्हान

कपन अनलाइन

काठमाडौं ,भाद्र २८।

बुढानिलकण्ठ -१२ मा सार्वजनिक सौचालय निर्माणका लागि टेन्डर आव्हान गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिंग चोकमा रहेको सार्वजनिक जग्गाको संरक्षण गर्दै उक्त स्थानमा सार्वजनिक सौचालय निर्माण गर्न लागिएको हो।

वडा नं १२ मा रहेका सार्वजनिक जग्गाको संरक्षण गर्दै सो स्थानमा आधुनिक सौचालय निर्माण गर्ने निर्वाचनको घोषणा पत्रमा उल्लेख गरिए अनुसार सो प्रतिवादत्ता पुरा गर्नका लागि सार्वजनिक सौचालय निर्माणका लागि टेन्डर आव्हान गरिएको वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईले जानकारी दिएका छन।

करिव ८८ लाख ६७ हजार ३०९ रुपैया ०२ पैसाको लागत अनुमान रहेको  सो सार्वजनिक सौचालयमा विभिन्न किसिमका सुविधाहरु रहने बताउदै अध्यक्ष भट्टराईले सो सौचालय निर्माण पश्चात वडा वासीलाई निकै सुविधा पुग्ने विस्वास लिएको जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।