“नेपालको संबिधान र जननेता मदन भण्डारी ” विषयक रास्ट्रब्यापी निवन्ध प्रतियोगिता हुने

“नेपालको संबिधान र जननेता मदन भण्डारी ” विषयक रास्ट्रब्यापी निवन्ध प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौं ,भाद्र २७ ।

मदन भण्डारी फाउन्डेसनको आयोजनामा रास्ट्रब्यापी निवन्ध प्रतियोगिता हुने भएको छ। संबिधान दिवसको अवसरमा आयोजना गरिने सो खुल्ला निवन्ध प्रतियोगितमा जुनसुकै पेशा,क्षेत्र वा स्थानका इच्छुक व्यक्तिहरुले सहभागिता जनाउन सक्नेछन।

सो प्रतियोगितमा सहभागिता जनाउन चाहने इच्छुक व्यक्तिले २५ सय शव्द नबढाई असोज १५ गते भित्र निवन्ध पठाई सक्नुपर्नेछ भने उत्कृस्ट १० निवन्धहरुलाई पुस्तकका रुपमा प्रकासन गरिनेछ।

सो प्रतियोगितमा प्रथम हुनेलाई १५ हजार ,दितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

जननेता मदन भण्डारीको र जननिर्वाचित संसदले बनाएको संबिधानको सम्बन्ध र यसका विविध आयामहरुलाई उजागर गर्नका लागि आयोजना गरिएको सो निबन्ध प्रतियोगितामा सहभागिता जनाउन चाहाने व्यक्तिले [email protected] मा निवन्ध पठाउन सक्ने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितमा वारेमा कुनै जानकारी लिनुपरेमा फाउन्डेसनका केन्द्रीय कमिटि सदस्य दिपक निरौलालाई ९८५११४०१२३ मा सम्पर्क गर्न सकिने भन्दै  आयोजक मदन भण्डारी फाउन्डेसनले संबिधान दिवसको अवसरमा रक्तदान ,विचार गोष्ठी ,वृक्षारोपण जस्ता अन्य कार्यक्रम पनि आयोजना गरिएको जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।