कागेश्वरी मनोहरा नगरपालिका-९ मा बिस्फोट ,एक महिला घाइते

कागेश्वरी मनोहरा नगरपालिका-९ मा बिस्फोट ,एक महिला घाइते

कपन अनलाइन

काठमाडौं ,भाद्र २७।

कागेश्वरी मनोहरा नगरपालिकामा  आज बिहान विष्फोट हुँदा एक महिला घाइते भएकी छिन् ।

कागेश्वरी मनहरा नगरपालिका–९ मानेटारमा बिहान करिब ६ः०५ बजे ठूलो आवाजमा विष्फोट भएको थियो ।

विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएकी छिन् । उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। विष्फोट मीराको भान्साकोठामा भएको थियो। विष्फोटबाट भान्साकोठा क्षतविक्षत भएको छ ।

घरमा मीरासँगै छोरी र श्रीमान रहे पनि भान्सामा उनी मात्र रहेकोबेला विष्फोट भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले  प्रहरी टोली परिचालित भएको छ ।

घटनाको प्रहरीले थप अनुसन्धान भैरहेको छ ।

तपाइँको प्रतिक्रिया ।