नगरवासीको सेवाका लागि प्रत्येक वडामा स्वयंसेवक परिचालन गरेका छौ : रबिन अधिकारी (अध्यक्ष ,नेकपा बुढानिलकण्ठ )

नगरवासीको सेवाका लागि प्रत्येक वडामा स्वयंसेवक परिचालन गरेका छौ : रबिन अधिकारी (अध्यक्ष ,नेकपा बुढानिलकण्ठ )

कपन अनलाइन

काठमाडौं ,भाद्र २७।

कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको लागि अभियान संचालन गरिरहेको नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारीले नगरवासीको सेवाका लागि स्वयंसेवक परिचालन गरिएको बताएका छन।

अध्यक्ष अधिकारीले कोरोना प्रकोप नियन्त्रणका लागि सचेतना कार्यक्रम सहित मास्क हरेक वडामा मास्क वितरण गरिएरहेको जानकारी दिदै नेकपाका स्वयंसेवकहरुलाई जनतालाई आपतकालीन सेवा उपलव्ध गराउन निर्देशन दिएको बताएका छन।

बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडामा कम्तिमा ९ जनाको समुह परिचालन गरेको बताउदै अध्यक्ष अधिकारीले सो समुहले वडा कार्यालयले संचालन गर्ने अभियानमा स्वयंसेवा गर्नुका साथै आवस्यक सहयोग गर्ने जानकारी दिएका छन।

कोरोना प्रकोपका कारण नियमित संगठनात्मक कार्यलाई अगाडी बढाउन नसकिरहेको अवस्थामा आम नगरवासीलाई नेकपाको तर्फ बाट पुर्याउनु पर्ने सहयोग र सेवाका लागि स्वयंसेवक परिचालन गरेको भन्दै अधिकारीले सहयोग आवस्यक परेका नगरवासीले  आफ्नो वडा कार्यालय मार्फत सम्पर्क गर्न सक्ने बताएका छन।

बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडा कमिटिहरुले चाडै पूर्णता दिने गरि तयारी शुरु गरेको बताउदै अध्यक्ष अधिकारीले रचनात्मक सुझाव र सल्लाहका लागि सबै नगरवासीमा आव्हान गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।