नाता: तृष्णा कार्की (कविता )

नाता: तृष्णा कार्की (कविता )

कपन अनलाइन

काठमाडौं ,भाद्र २७ ।

आकाशमा सप्तरंगी इन्द्रेणी
देखेर खुसी हुन्छन् केटाकेटी
अपार आनन्दको अनुभुती
कुनै पिर छैन्
मुस्कान खोज्न
बालापन खोज्नुपर्छ
चकचक, जिद्दीले
बाआमाको चिन्ता
पटक्कै थाहा छैन्
माग्यो कि चाहियो
यस्तो मिठो अनुभुति
बोकेको बालापन
अचेल हराएको छ
कोसँग माग्नु मैले ?
मेरा एक्कासी हराएका
नाता सम्बन्ध र मेरो
बालापनका साथीहरु
अनि भर्खर,
म तिम्रो आफनो हुँ
भन्ने सम्बन्धको
बिचमा रुमलिदाँ रुमलिदै
मेरो बालापन हराएछ
म बालिकाबाट
थाहा नपाई, प्रियसी र
बुहारी बनिसकेकी छु
थाहा नपाई आइमाई अनि
धेरै कुरा बोक्ने
भरिया भएछु।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।